मध्यपूर्वी क्षेत्रमा युद्धको संकट गहिरिएको छ, नेपाली जहाँ रहे पनि रक्षामा सरकार कटिबद्ध छ : प्रधानमन्त्री कार्की
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले मध्यपूर्वी क्षेत्रको युद्धमा नेपालीको सुरक्षा ठूलो चासोको विषय भएको बताएकी हुन्। आज सम्बोधन गर्दै उनले विकसित घटनाक्रमलाई नेपाल सरकारले सूक्ष्म रूपमा नियालिरहेको बनाएकी हुन्। उनले नेपालीको सुरक्षा सहजीकरणमा कुनै कमी हुन नदिन सक्रिय बनाइएको दाबी गरिन्।
‘आज संसारको अर्को कुनामा, मध्यपूर्वी क्षेत्रमा युद्धको संकट गहिरिएको छ। इरान र वरपरको तनावले हामीलाई चिन्तित बनाएको छ। विकसित घटनाक्रमलाई नेपाल सरकारले सूक्ष्म रूपमा नियालिरहेको छ। त्यहाँ रहनुभएका हाम्रा नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरूको सुरक्षा हाम्रो ठूलो चासोको विषय हो।’ उनले भनिन्, ‘ त्यस क्षेत्रमा रहेका सबै नेपाली नियोगहरूलाई सुरक्षा सहजीकरणमा कुनै कमी हुन नदिन सक्रिय बनाइएको छ र परराष्ट्र मन्त्रालयले सघन अनुगमन गरिरहेको छ।’
उनले नेपाली जहाँ रहे पनि प्रत्येक नागरिकको व्यक्तिगत सुरक्षा र हितको रक्षामा सरकार कटिबद्ध रहेको बताइन्। प्रधानमन्त्री कार्कीले इतिहासकै कठिन मोडमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेर देशलाई नेतृत्व दिनुलाई आफूले आफ्नो मातृभूमिप्रतिको जिम्मेवारीका रूपमा लिएकी बताइन्।
आउनुहोस्, होलीको खुसी साटौँ। फागुन २१ गतेको निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाऔँ।’
प्रतिक्रिया दिनुहोस !