निर्धक्क साथ मतदान गर्नूहोस्, गैरकानुनी काम गर्नेलाई कारबाही गर्छौं : गृहमन्त्री


काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरि सुरक्षा पूर्ण रूपमा सुनिश्चित गरिएको बताएका छन् । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबारे आज गृह मन्त्रालयमा सञ्चारकर्मीसँगको भेटमा निर्वाचनमा गैरकानुनी काम गर्नेलाई नियन्त्रणमा लिएर अनुसन्धान, अभियोजन गरेर कानुनी कारबाही गर्ने बताएका हुन्।

‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ एकीकृत सुरक्षा योजना पारित गरेर सोही अनुरुप सुरक्षा संयन्त्रहरु परिचालित छन्। सबै सुरक्षा संयन्त्रहरू मतदान स्थल पुगिसकेका छन्।’ उनले भने, ‘सुरक्षाको अवस्थालाई काबुमा राख्ने, सहजिकरण गर्नेगरी देशभरी पूर्ण रुपमा सुरक्षाको प्रत्याभूति गरिएको छ ।’

उनले सुरक्षा योजना अनुरुप मतपेटिका सम्बन्धित स्थल लगिने बताए। गृहमन्त्री अर्यालले निर्वाचन स्वच्छ, निष्पक्ष, धाधलिरहित हुने जानकारी गराए। उनले भने, ‘नागरिक सरकारले गराएको निर्वाचन यस पालीको निर्वाचन पहिला भन्दा सुदृढ हुन्छ । निर्वाचन स्वच्छ, निष्पक्ष, धाधलिरहित हुन्छ । भयमुक्त वातावरणमा मतदान गर्न पाउने अधिकार सुनिश्चित गरेका छौं।’

अहिलेको निर्वाचनले लोकतन्त्रणको गुणस्तर सुदृढ हुनुपर्ने उनको भनाई छ । उनले भने, ‘यो निर्वाचनले राजनीतिक सुशासन कायम गर्नका लागि ठूलो फड्को मार्नेछ । त्यसैले मतदाताले सुझबुझपूर्ण तवरले मतदान गर्नुहुन अनुरोध गर्दछु ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.