पूर्व सभामुखद्वय महरा र घर्तीले रोल्पाबाट गरे मतदान

पूर्व सभामुखद्वय महरा र घर्तीले रोल्पाबाट गरे मतदान
तस्बिर : अन्नपूर्ण

रोल्पा : पूर्व सभामुखद्वय कृष्णबहादुर महरा र ओनसरी घर्तीले रोल्पाबाट मतदान गरेका छन् । पूर्व सभामुख महराले रोल्पा नगरपालिका-१ मेबाङ र घर्तीले रोल्पा नगरपालिका-७ माडीचौर बाल उदय मावि मतदान स्थलबाट मतदान गरेका हुन् । दुवैजना नगरवासी हुन् ।

नेपाली कम्युनिस्ट पार्टीका नेता समेत रहेका महरा सदरमुकाम लिबाङ आसपासका गाउँमा चुनावी प्रचार गर्न पुगेका थिए । अस्वस्थताका कारण जिल्लाभर चुनावी प्रचारमा देखिएका थिएनन् । केही साताअघिदेखि घरमै रहेका नेता महरा घर नजिकैको मतदान केन्द्रमा बिहानै पुगेर मतदान गरेका हुन् । 

महरा २०७० सालको चुनावमा रोल्पाबाट बिजयी भएका थिए । त्यसपछि दाङबाट उम्मेदवार भएर बिजयी भएका थिए । यसपाली प्रत्यक्षतर्फ उम्मेदवार नरहेका महरा उतिसारो प्रचार-प्रसारमा देखिएनन् ।

नेकपाबाट उम्मेदवार रहेका पूर्व अर्थमन्त्री वर्षमान पुन (अनन्त) का पत्नी समेत रहेकी पूर्व सभामुख ओनसरीले पनि मतदान गरेकी छन् । घर्ती दम्पतिले एकै मतदान स्थलबाट मतदान गरेका हुन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.