झापा- २ मा देवराज घिमिरेभन्दा साढे २४ हजार मतले इन्दिरा मगर अगाडि

झापा- २ मा देवराज घिमिरेभन्दा साढे २४ हजार मतले इन्दिरा मगर अगाडि
सुन्नुहोस्

झापा : झापा क्षेत्र नम्बर २ मा रास्वपाकी इन्दिरा राणा मगरले निरन्तर मतान्तर बढाइरहेकी छिन् । निवर्तमान उपसभामुख मगरको जित लगभग सुनिश्चित भइसकेको छ । पछिल्लो मतगणना  अनुसार मगरले ३० हजार ३५ मत प्राप्त गरेकी छन्।

उनका निकटतम प्रतिस्पर्धी एमालेका देवराज घिमिरेले ५ हजार ५१४ मत प्राप्त गरेका छन्। निवर्तमान सभामुख रहेका घिमिरे र मगर बीचको मतान्तर २४ हजार ५२१ रहेको छ। त्यस्तै श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारी तेस्रो स्थानमा छन् ।

उनले ३ हजार ७५० मत ल्याएका छन् । चौथो स्थानमा रहेका नेपाली कांग्रेसकी सरिता प्रसाईँले २ हजार ६६८,नेकपाकी धर्मशिला चापागाईँले ६१२ र राप्रपाका स्वागत नेपालले एक हजार ७८२ मत ल्याएका छन्। 

क्षेत्र नम्बर २ मा १ लाख ४७ हजार ५२२ मतदाता रहेकोमा ९६ हजार ४३६ मत खसेको छ । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.