कास्की -१ मा रास्वपाका खडकराज पौडेल विजयी
कास्की : निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खडकराज पौडेल (गनेश) प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् । पौडेल ३९ हजार ८ सय ८३ मतसहित फराकिलो मत अन्तरले विजयी भएका हुन् ।
निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका तिलकबहादुर रानाभाटले ११ हजार २ सय १४ मत पाए । नेकपा एमालेका वैनबहादुर क्षत्री (अधिकारी) ले १० हजार ४ सय २९ मत पाए । कास्की १ मा १ लाख १६ हजार ८ सय ७८ मतदाता रहेकोमा ५५ हजार ३ सय ८४ मत खसेको थियो ।
कूल सदरमत ६७ हजार ४ सय १० रहेको थियो । यस क्षेत्रमा २ हजार ७ सय ४० मत बदर भएको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !