सप्तऋषिहरूको चर्चा किन ?

त्यो समाज

सप्तऋषिहरूको चर्चा किन ?
सुन्नुहोस्

अत्रि ऋषिले कृषिको विकासमा पृथु र ऋषमकै तरह योगदान दिएका थिए। अत्रि सिन्धु पार गरेर (आजको इरान)मा गएका थिए। त्यहाँ उनले यज्ञको प्रचार गरे।

सप्तर्षि अर्थात् सात ऋषिहरूलाई वेद र अन्य हिन्दु ग्रन्थहरूमा अनेकौं पटक चर्चा गरिएको पाइन्छ। वेदको अध्ययन गर्दा जुन सप्तऋषिहरू वा ऋषि कुलको नामहरू पत्ता लाग्दछ। ती नाम यस प्रकार छन्– १) वशिष्ठ २) विश्वामित्र ३) कण्ड ४) भारद्वाज ५) अत्रि ६) वामदेव ७) शौनक।

पुराणमा सप्तऋषिका नाममा भिन्नभिन्न नामावली पाइन्छ। विष्णु पुराणका अनुसार यो मन्वन्तरका सात ऋषि यस प्रकारमा छन् –
वशिष्ठ काश्यपो इत्रिर्ज मदाग्निस्स गौतम।

विश्वामित्र भाद्वाजौ सात सप्तर्षया भवन।।

अर्थात्, सातौं भन्वन्तरमा सप्तऋषि यस प्रकार छ– वशिष्ठ, कश्यप, अत्रि, जमदग्नि, गौतम, विश्वामित्र र भारद्वाज। यसको अलावा अन्य पुराणका अनुसार सप्तऋषिको नामावली यस प्रकार छ, क्रमशः क्रतु, पुलह, पुलस्य, अत्रि, अंगिरा, वशिष्ठ र मरीचि। महाभारतमा सप्तऋषिका दुई नामावली पाइन्छ। एक नामावलीमा कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठको नाम आउँछ त दोस्रो नामावलीमा– कश्यप, वशिष्ठ, मरीचि, अंगीरस, पुलस्त्य, पुलह र क्रतु छन्। कुनै पुराणमा कश्यप र मरीचि एक मानिएको छ।
१) वशिष्ठ: राजा दशरथका कुलगुरु ऋषि वशिष्ठलाई कस्ले चिन्दैनन् ? यिनी दशरथका चार पुत्रहरूका पनि गुरु थिए। वशिष्ठको निर्देशनअनुसार राजा दशरथले आफ्ना पुत्रहरूलाई ऋषि विश्वामित्रको आश्रममा असुरहरूको वध गर्नकै लागि पठाइदिएका हुन्। वशिष्ठले सरस्वती नदीको किनारमा सय सूक्त एक साथ रचेर नयाँ इतिहास बनाए।

३) विश्वामित्र: ऋषि हुनुपूर्व विश्वामित्र राजा थिए। ऋषि वशिष्ठसँग कामघेनु गाई हडप्न उनले युद्ध गरेका थिए तर उनी हारे। यो हारले नै उनलाई घोर तपस्याका लागि प्रेरित गर्‍यो। विश्वामित्रको तपस्या र मेनकाद्वारा उनको तपस्या भंग गरेको कथा लोकप्रिय छ। विश्वामित्रले आफ्नो तपस्याकै बलद्वारा त्रिशंकुलाई सशरीर स्वर्गमा पठाइदिएका थिए। यस प्रकारका ऋषि विश्वामित्रका असंख्य किस्साहरू छन्। हरिद्वारमा आज जहाँ शान्तिकुञ्ज छ, सोही स्थानमा विश्वामित्रले घोर तपस्या गरेर इन्द्रसँग रुष्ट भएर एउटा छुट्टै स्वर्गलोकको रचना गरे। विश्वामित्रले ऋचा बनाउने विद्या दिए र गायत्री मन्त्रको रचना गरे। जुन सबैको हृदय र जिह्वामा हजारौं सालदेखि आजसम्म अनवरत निवास गरिरहेको छ।

३) कण्ड: सबैभन्दा महŒवपूर्ण यज्ञ सोम यज्ञलाई कण्डले शवस्थित गरे। कण्व वैदिककालका ऋषि थिए। यिनैको आश्रममा हस्तिनापुरका राजा दृष्यन्तकी पत्नी शकुन्तला र उनका पुत्र भरतको पालनपोषण भएको थियो। विष्णुपुराणको अनुसार कण्डको स्थानमा गौतम ऋषिको नाम उल्लेख गरेको पाइन्छ।
४) भारद्वाज: सात ऋषिमा भारद्वाज ऋषिको उच्च स्थान छ। भारद्वाजका पिता वृहस्पति र माताममता थिइन्। भारद्वाज ऋषि रामभन्दा पनि पहिला अस्तित्वमा थिए। तर एक उल्लेखित कथनअनुसार उनको लामो आयुको थाहा लागेको छ कि वनवासको समयमा श्री राम यिनको आश्रममा गएका थिए कि जुन ऐतिहासिक दृष्टिद्वारा त्रेता द्वापरको सन्धिकाल थियो। मानिन्छ कि भारद्वाजमध्ये एक भारद्वाज विदयले दुष्यन्त पुत्र भारतका उत्तराधिकारी बनेर राजकाज गर्दै मन्त्र रचना जारी राखेका थिए।

ऋषि भारद्वाजका पुत्रहरूमा १० ऋषि ऋग्वेदका मन्त्र द्रष्टा हुन् र एक पुत्री जस्को नाम ‘रात्रि’ थियो। ऊ पनि रात्रि सूक्तको मन्त्र द्रष्टा मानिन्छ। ऋग्वेदको छैटौं मण्डलको द्रष्टा भारद्वाज ऋषि हुन्। यस मण्डलमा भारद्वाजका ७६५ मन्त्र छन्। अर्थववेदमा पनि भारद्वाजका २३ मन्त्र पाइन्छ। ‘भारद्वाज स्मृति एवं भारद्वाज संहिता’का रचनाकार पनि ऋषि भारद्वाज नै थिए। ऋषि भारद्वाजले ‘यन्त्र–सर्वस्व’ नामक बृहद् ग्रन्थको रचना गरेका थिए। यो ग्रन्थका केही भाग स्वामी ब्रह्म मुनिले ‘विमान शास्त्र’को नामबाट प्रकाशित गराएका छन्। यस ग्रन्थमा उच्च र निम्न स्तरका विचरण गर्ने विमानका लागि विविध धातुको निर्माणको वर्णन पनि पाइन्छ।

५) अत्रि : ऋग्वेदको पञ्चम मण्डलका द्रष्टा महर्षि अत्रि, ब्रह्माका पुत्र दुर्वाशा, चन्द्र र दत्तात्रयका पिता कर्दम प्रजापति र देवहुतिकी पुत्री अनुसुयाकी पति थिए। अत्रि जब बाहिर गएका थिए तब त्रिदेव अनुसुयाको घरमा ब्राह्मण भेषमा आएर भिक्षा माग्न थाले। अनुसुयाको सतित्वको परीक्षण गर्ने उद्देश्यले अनुसुयालाई भने कि जब तपाईंले आफ्ना सम्पूर्ण वस्त्र फुकालेर निर्वस्त्र भई भिक्षा दिनु हुन्छ तबमात्र हामी भिक्षा स्वीकार गर्नेछौं। अनुसुयाले पनि आफ्ना सतित्वको बलमा ती तिनै देवता ब्रह्मा, विष्णु र महेशलाई अबोध बालक बनाएर तिनीहरूलाई काखमा राखेर दूध पिलाइन्।

अत्रि ऋषिले कृषिको विकासमा पृथु र ऋषमकै तरह योगदान दिएका थिए। अत्रि सिन्धु पार गरेर (आजको इरान)मा गएका थिए। त्यहाँ उनले यज्ञको प्रचार गरे। अत्रिहरूको कारण नै अग्नि पुजकहरूका धर्म पारसी धर्मको सूत्रपात भयो। अत्रि ऋषिको आश्रम चित्रकुटमा थियो। मान्यता छ कि अत्रि दम्पतीको तपस्या र त्रिदेवलाई प्रसन्नताको फलस्वरूप विष्णुको अंशबाट महायोगी दत्तात्रय, ब्रह्माको अंशबाट चन्द्रमा तथा शंकरको अंशबाट महामुनि दुर्वाशा महर्षि अत्रि एवं देवी अनुसुयाका पुत्रको रूपमा जन्मिए। ऋषि अत्रिलाई अश्वनी कुमारको पनि कृपा थियो।
६) वामदेव: ऋषि वामदेव संगीत सुरु गर्ने ऋषिको रूपमा परिचित छन्। वामदेवले सामगान अर्थात् संगीत दिए। वामदेव ऋग्वेदका चतुर्थ मण्डलको सूत्त द्रष्टा, गौतम ऋषिका पुत्र तथा जन्मत्रयीको तŒव वेत्ता मानिन्छ।

७) शौनक: शौनक ऋषिले दस हजार विद्यार्थीको गुरुकुल चलाएर कुलपतिको विलक्षण सम्मान हासिल गरे। कुनै पनि ऋषिले यस्तो सम्मान पाएका थिएनन्। शौनक ऋषिलाई यस्ता सम्मान पहिलो पटक प्राप्त भएको हो। वैदिक आचार्य र ऋषि जो शुनक ऋषिका पुत्र थिए। वशिष्ठ, विश्वामित्र, कण्ड, भारद्वाज, अत्रि, वामदेव र शौनक यी सप्त ऋषिले यति धेरै दिएका छन् कि कृतज्ञ देशमा यिनलाई आकाशको तारा मण्डलमा बसाएर एक यस्तो अमरत्व दियो कि सप्तर्षि शब्द सुन्नेबित्तिकै हाम्रो कल्पना आकाशको तारा मण्डलमा टिक्छ। यस्तो मान्यता छ कि अगस्त्य, कश्यप, अष्टावक्र, याज्ञवल्क्य, कात्यायन, ऐतरेय, कपिल, जेमिनी, गौतम आदि सबै ऋषि उक्त सात ऋषिकै कुल भएकै कारणले यिनीहरूलाई पनि उही दर्जा प्राप्त छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.