अवैधानिक रुपमा महोत्सव सञ्चालन भएको भन्दै बन्द गराउन माग

अवैधानिक रुपमा महोत्सव सञ्चालन भएको भन्दै बन्द गराउन माग

वीरेन्द्रनगर : सुर्खेतकाे वीरेन्द्रनगरमा आजदेखी संचालन भइरहेको कर्णाली समृद्धि महोत्सव बन्द गर्न स्थानीयवासीले उजुरी दिएका छन् । वीरेन्द्रनगर नगरपालिका–१ ढाेडेखाली स्थित कर्णाली समृद्धि महोत्सव अवैधानिक रूपमा सञ्चालन गरिएको दाबी गर्दै स्थानिय युवाहरुले  नगरपालिकामा उजुरी दिएका हुन् । 

स्थानीय युवाहरुले नगरपालिका कार्यालयमा बुझाएको निवेदनमा उक्त महोत्सव बिना अनुमति सञ्चालन भइरहेको आरोप लगाइएको छ। उनीहरूले महोत्सव सञ्चालनका लागि आवश्यक कानुनी प्रक्रिया पूरा नगरी कार्यक्रम आयोजना गरिएको भन्दै तत्काल रोक लगाउन माग गरेका छन् । निवेदनमा नगरपालिकाबाट आधिकारिक स्वीकृति नलिइकन महोत्सव सञ्चालन गर्नु नियमविपरीत भएको उल्लेख गरिएको छ ।

त्यस्तै, महोत्सव सञ्चालन गरिएको स्थान नजिकै रहेको ढाेडेखाली विद्यालय यस वर्षको एसइइ परीक्षा केन्द्र भएकाले विद्यार्थीको अध्ययन र परीक्षा सञ्चालनमा प्रत्यक्ष असर पर्ने उनीहरुकाे भनाई छ ।  परीक्षाजस्तो संवेदनशील समयमा ठूलो भीडभाड र ध्वनि प्रदूषण हुने कार्यक्रम आयोजना गर्नु उपयुक्त नभएको भन्दै स्थानीयले आपत्ति जनाएका छन् ।

युवाहरुले निवेदनमा आर्थिक पक्षप्रति पनि प्रश्न उठाएका छन् । महोत्सव सञ्चालनका क्रममा १३ प्रतिशत मूल्य अभिवृद्धि करर ५ प्रतिशत मनोरञ्जन कर कसरी तिर्ने भन्ने विषय स्पष्ट नभएको जनाइएको छ । यसरी करसम्बन्धी पारदर्शिता नहुनुले राज्यलाई राजस्व घाटा हुने र आर्थिक अनियमितता बढ्ने जोखिम रहेको स्थानीयको भनाइ छ ।

त्यसैगरी, टिकट तथा स्टल भाडादरसमेत मनपरी रूपमा निर्धारण गरिएको आरोप लगाइएको छ । नगरपालिकाले तोकेको मापदण्डविपरीत आयोजकले आफूखुसी दररेट तय गरेर सर्वसाधारणलाई आर्थिक भार थप्ने काम गरेको निवेदनमा उल्लेख छ । यसले उपभोक्ता अधिकारसमेत उल्लङ्घन गरेको स्थानीयको गुनासो छ ।

उक्त विषयमा जिल्ला प्रशासन कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालयलाई समेत बोधार्थ दिइएको छ। सरोज वस्याल र दिलिप वस्यालसहितका स्थानीयले हस्ताक्षर गरेको निवेदनमार्फत सम्बन्धित निकायलाई छिटोभन्दा छिटो आवश्यक कदम चाल्न आग्रह गरिएको छ ।

वीरेन्द्रनगर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद बास्काेटाले वीरेन्द्रनमा सुरु भईरहेकाे कर्णाली समृद्धि महाेत्सवलाई नगरपालिकाले स्वीकृति नदिएकाे बताए । उनले भने, हामीले स्वीकृति दिएका छैनाैँ । नगरपालिकाकाे मेला महाेत्सव सम्बन्धि कार्यबिधिमा नगरपालिका भित्र बर्षभरी लगाउने मेला महाेत्सवहरु आर्थिक बर्षकाे सुरुवात भदाै महिना भित्र स्वीकृति लिनुपर्ने हुन्छ । त्याे महाेत्सवले स्वीकृति लिएकाे थिएन । अहिले स्वीकृति दिन पनि मिल्दैन । 

यता महोत्सव आयोजक लाेक तथा दाेहाेरी गित प्रतिष्ठानका अध्यक्ष कविराज गिरीले वडाकाे सहमतिमा नीजी जग्गामा महाेत्सव आयाेजना गरिएकाे बताए । उनले महाेत्सव वैधानिक रुपमा संचालन गरिएकाे दावी गरे ।

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.