सुनको मूल्य ४ हजार ६०० रुपैयाँले घट्यो, तोलाको कति ?

सुनको मूल्य ४ हजार ६०० रुपैयाँले घट्यो, तोलाको कति ?
सुन्नुहोस्

काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य ४ हजार ६०० रुपैयाँले घटेको छ। नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार यसदिन ४ हजार ६०० रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य २ लाख ८१ हजार कायम भएको छ।

अघिल्लो दिन बिहीबार २ हजार ९०० रुपैयाँले घटेर एक तोला सुनको भाउ  २ लाख ८५ हजार ६०० पुगेको थियो। त्यसअघि बुधबार एकैदिन १४ हजार  ६०० रुपैयाँले बढेर तोलाको २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। 

सुनको मूल्य घटेसँगै चाँदीको भाउ भने ओरालो लागेको छ। महासंघका अनुसार यसदिन प्रतितोला चाँदी  ४ हजार ६७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबार एक तोला चाँदी ४ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.