अमेरिका-इरान युद्धको असर : ३८ नेपालीको शव ल्याउन समस्या

अमेरिका-इरान युद्धको असर : ३८ नेपालीको शव ल्याउन समस्या

काठमाडौं : परराष्ट्र मन्त्रालयले अमेरिका-इरान युद्धका कारण उडान अवरुद्ध हुँदा ३८ जना नेपालीको शव स्वदेश ल्याउन समस्या भएको जनाएको छ । 

शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले उडान अवरुद्ध भएका कारण विभिन्न कारणले मृत्यु भएका करिब ३८ जना नेपालीको शव फिर्ता ल्याउन समस्या भएकोप्रति गम्भीर रहेको बताए ।

उनले चैत्र १८ गते कुवेत एयरलाइन्सबाट ९ वटा शव ल्याइसकिएको र अरु शवहरू पनि ल्याउने कार्य अघि बढिसकेको जानकारी दिए । प्रवक्ता क्षेत्रीले यो युद्ध सुरु भएयता करिब साढे ८६ हजार नेपालीले उद्धारको लागि नाम टिपाएकोमा हाल असुरक्षित रहेको छु भन्ने नेपालीहरुको संख्या क्रमशः घट्दै गएको उल्लेख गरे ।

त्यसैगरी युद्धको समयमा अफवाह फैलाउने सामाग्री सामाजिक सञ्जालमा नराख्न गरिएको निर्देशन नेपालीहरुले पालना गरिरहेको भन्दै उनले नियम उल्लंघन गर्ने केही नेपालीहरु पक्राउ परेको जानकारी दिए । यस्ता घटनामा हालसम्म ११ जना नेपालीहरू पक्राउ परेको खबर प्राप्त भएको उनले बताए।

उनले इरानमा रहेका ११ जना नेपालीहरु सुरक्षित अवस्थामा रहेको र दोहास्थित नियोग सम्पर्कमा रहेको जानकारी दिए । प्रवक्ता क्षेत्रीले ठूलो समस्यामा परेर नेपाल फर्कन चाहने नेपालीहरुलाई सम्बन्धित दूतावासमा सम्पर्क गर्न भनेको र आवश्यक सहजीकरण गर्ने काम अघि बढाइएको बताए । पश्चिम एसियाको युद्धका कारण ठूलो संख्यामा रोजगारी गुम्न सक्ने अवस्था नदेखिएको उनको भनाइ छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.