गौशालामा ट्रान्सफर्मर चोरी
महोत्तरी : गौशाला नगरपालिकामा सिँचाइ कार्यका लागि जडान गरिएको ट्रान्सफर्मर चोरी भएको छ। गएराति गौशाला नगरपालिका-१ ईटाटार चौरीमा सार्वजनिक बोरिङ सञ्चालन कार्यका लागि जडान गरिएको ५० केभी क्षमता भएको ट्रान्सफर्मर चोरी भएको हो।
स्थानीय डम्बर बहादुर आलेका अनुसार चोरको समूहले ट्रान्सफर्मरको बाहिर भाग (कभर) त्यही छाडि भित्री भागको सरसामानहरू चोरी गरिएको हो। सो क्षमताको ट्रान्सफर्मर चोरी भएपछि बोरिङ सञ्चालन कार्य पूर्ण रूपमा प्रभावित भएको आलेले जनाएको छ।
समयमै स्थानीयहरूले इलाका प्रहरी कार्यालय गौशालालाई जानकारी गराएपछि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !