सन्तान प्राप्तिका लागि पतारी पोखरीमा महिलाहरुले लगाए डुबुल्की
सिरहा : सन्तान प्राप्तिको आशमा भाकल गरेका व्रतालु महिलाहरु पतारी पोखरीमा डुबुल्की लगाएका छन् । यो पोखरी सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका–४ मा पर्छ । त्यहाँ हरेक वर्ष महिलाहरुले बैशाख २ गते डुबुल्की लगाउने गरेका छन् । डुबुल्की लगाउँदा पानीमा केही वस्तु फेला पारे सन्तान हुने जनविश्वास छ । बाबा हरसिंह देवको पूजा पनि हुने गरेको छ । बली प्रदान हुने गरेको छ ।
दनुवार जाति पुजारी रहेका यहाँ विद्युवा महिलाबाट पुजा गराइन्छ । व्रतालु महिलाहरुको धामी झाक्रीले विशेष पुजा (स्थानीय भाषामम गुहाईर) गराउने गरेका छन् । त्यसरी पोखरीमा डुबुल्की लगाएका महिलाहरु पोखरी सीमाना पार गरेपछि वस्त्र फेरिने गर्छन् । गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुरका अनुसार यहाँ विशेष रुपमा राजा हरसिंह देवको पुजा गर्ने र पोखरी डुबुल्की लगाउँदा केही वस्तु फेला परे सन्तान प्राप्ति हुने जनविश्वास छ ।
सिरहा, सप्तरी, धनुषा, सुनसरी र भारतीय महिलाहरु आउने गरेको उनले जानकारी गराए । हरसिंह देवको केही सन्तान विहारमा रहेको र त्यहाँ पुजा सकेपछि बैशाख २ गते पुजा र मेला लाग्ने गरेको छ । अहिलेको वैज्ञानिक युगमा यसलाई त्यति मान्दैन तर, जनविश्वासले गर्दा हरेक वर्ष यहाँ ठूलो संख्यामा महिलाहरु आउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !