हावाहुरी पीडितलाई नगरपालिकाको सहयोग
सिरहा : हावाहुरी पीडितलाई नगरपालिकाले सहयोग गरेको छ। सिरहाको लहान नगरपालिका-२१ का कलाबन्जर सदाय बस्तीका पीडितलाई चामल, त्रिपाल, नुन र तेल वितरण गरिएको छ।
घर बनाउन जस्तापाता वितरण गरिने नगरपालिकाले जनाएको छ। हिजो राति आएको हावाहुरीले २१ घरपरिवारको घरहरूको छानो उडाएको थियो।
जगदिश सदाय, विरेश सदाय, प्रमोद सदाय, विनोद सदाय, सियाराम सदाय, कुलख सदाय, सुरजीदेवी सदाय, फुलेश्वर सदाय, शान्तिदेवी सदाय, धुव्रलाल सदाय, दिपेश सदाय, श्रीदेव सदाय, हरि सदाय, मेदिलाल सदाय, सनेचरी सदाय, फगुनीदेवी सदाय, जसोदेवी सदाय, अरुण सदाय, अमित सदाय र सोभिन्द्र सदायको घरमा क्षति पुगेको छ।
प्रतिक्रिया दिनुहोस !