छैटौँ एसियन बीच गेम्स : नेपाली महिला कबड्डी टोलीले आज खेल्दै

छैटौँ एसियन बीच गेम्स : नेपाली महिला कबड्डी टोलीले आज खेल्दै
तस्बिर : नमिता दाहाल
सुन्नुहोस्

सानिया : छैटौँ एसियन बीच गेम्स २०२६ मा आज नेपाली महिला कबड्डी टोलीले खेल्दैछ। समूह बीअन्तर्गत रहेको नेपालले पहिलो खेल चाइनिज ताइपेइसँग खेल्दैछ। null

सानियामा नेपाल र चाइनिज ताइपेइले पहिलो खेल नेपाली समयअनुसार १:४५ मा खेल्नेछन् ।‌ चिनियाँ समय अनुसार भने खेल ४ बजे दिउँसो खेल हुनेछ।

प्रतियोगितामा महिला कबड्डीतर्फ ७ टोलीले सहभागिता जनाउँदैछन्। सात टोलीलाई दुई समूहमा विभाजन गरेर प्रतियोगिता सञ्चालन हुनेछ।null 

समूह बीमा नेपाल, थाइल्यान्ड,बंगलादेश र चाइनिज ताइपेइ रहेका छन्। समूह एमा भारत श्रीलङ्का र सिरियन अरब रिपब्लिक रहेका छन्। 

नेपालले छैटौं एसियन बीच गेम्समा दुई खेलमा प्रतिस्पर्धा गर्दैछ। जसमा नेपालको महिला कबड्डी टोलीले टिम गेममा प्रतिस्पर्धा गर्दैछन् । त्यस्तै, कुस्तीका तीन खेलाडीले व्यक्तिगत प्रतिस्पर्धा मार्फत नेपाललाई प्रतिनिधित्व गर्नेछन्।

छैटौं एसियन बीच गेम्सको उद्घाटन बुधबार सानियामा भएको थियो। जसमा नेपालबाट कबड्डीकी कप्तान मानमतीस बिष्टले नेपालको झन्डा बोकेकी थिइन्।

नेपालको कुस्ती टोली भने अप्रिल २४ मा मात्रै चीन आउने तालिका रहेको छ।null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.