अरनिको राजमार्गको साँगा–धुलिखेल सडक खण्डको अनुगमन

अरनिको राजमार्गको साँगा–धुलिखेल सडक खण्डको अनुगमन
सुन्नुहोस्

काभ्रे : निर्माणाधीन अरनिको राजमार्ग अन्तर्गत साँगा–धुलिखेल सडक खण्डको बिहीबार अनुगमन गरिएको छ । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतम तथा प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीसहितको टोलीले उक्त सडक खण्डको स्थलगत निरीक्षण गर्दै निर्माण प्रगतिबारे जानकारी लिएका हुन् ।

अनुगमनका क्रममा टोलीले सडक विस्तार, कालोपत्रे, नाली व्यवस्थापनलगायतका कार्यको अवस्थाबारे अवलोकन गर्नुका साथै निर्माण कार्यमा देखिएका ढिलाइ र समस्याबारे सरोकारवाला निकायसँग छलफल गरेको थियो । समयमै गुणस्तरीय निर्माण सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिइएको छ । 

सडक निर्माणको काम तीव्र पार्न, यात्रु तथा सवारी साधनलाई सहज आवागमन सुनिश्चित गर्न र सम्भावित जोखिम न्यूनीकरणका उपाय अपनाउन जोड दिइएको छ । स्थानीयवासीले भने निर्माण कार्य सुस्त हुँदा दैनिक आवागमनमा समस्या भोग्नुपरेको गुनासो गरेका छन् । बिहान दिउँसोको समयमा धुलो उडेर निकै समस्या भएको स्थानीय सूर्यबहादुर जोशीले बताए । निर्माण पक्षले ध्यान नदिँदा सर्वसाधारणलाई स्वास्थ्यमा समस्या देखिएको उनले बताए । साँगा–धुलिखेल सडक खण्डको स्तरोन्नतिले काभ्रे जिल्लासँगै पूर्वी क्षेत्रको यातायात व्यवस्थापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.