श्रीलंकालाई पराजित गर्दै भारतले जित्यो छैटौँ पटक बीच कबड्डीको उपाधि
सान्या : छैटौं बीच एसियन गेम्स २०२६ मा श्रीलंकालाई पराजित गर्दै भारतले महिला बीच कबड्डीमा लगातार छैटौं पटक उपाधि जितेको छ।श्रीलङ्कालाई ४७-३१ को फराकिलो अन्तरले पराजित गर्दै भारतले लगातार छैटौंपटक उपाधि जितेको हो।
पहिलो हाफमा २०-१८ को अग्रता बनाएको भारतले दोस्रो हाफमा अग्रता जोगाउँदै आफ्नो उपाधि विजेताको साख जोगाएको हो।

हालसम्म भएका पाँचैवटा बीच एसियन कबड्डीमा भारतको महिला टोलीले उपाधि जितेको थियो।
भारतसँग पराजित भएसँगै श्रीलंका रजत पदकमा सीमित भएको छ। नेपाली महिला कबड्डी टोलीले प्रतियोगितामा कास्य पदक जितेको छ। नेपालसँगै बंगलादेशले पनि कास्य पदक जितेको छ।

प्रतिक्रिया दिनुहोस !