चीनबाट पदक लिएर फर्कन पाउँदा निकै खुसी लागेको छ : कप्तान विष्ट
चीन : छैटौं बीच एसियन गेम्स २०२६ मा बीच अन्तर्गतको कबड्डीमा नेपालले काश्य पदक जितेको छ। आइतबार भएको दोस्रो सेमीफाइनल खेलमा श्रीलंकासँग पराजित हुँदै नेपालले काश्य पदक जितेको हो।
सोमबार नेपाली टोलीले पदक ग्रहण गरेको हो। नेपाली महिला कबड्डी टोलीकी कप्तान मनमती बिष्टले आफूहरूले पदक लिएर स्वदेश फर्कन पाएकोमा खुसी रहेको बताइन्। पदक ग्रहण गरेपछि उनले अन्नपूर्णसँग भनिन्, ‘हामीले १९ औं एसियन गेम्समा पनि चीनबाट तेस्रो पदक लिएर गएका थियौं। पुनः हामीले पदक लिएर स्वदेश फर्कन पाउँदा निकै खुसी लागेको छ।’
कबड्डीमा भारतीय महिला कबड्डी टोलीले उपाधि जितेको छ। भारतले श्रीलंकालाई पराजित गर्दै उपाधिमा लगातार छैटौँ पटक आफ्नो नाम दर्ता गराएको हो। सोमबार भएको फाइनल खेलमा भारतले श्रीलंकालाई ४७-३१ ले पराजित गरेको हो। श्रीलङ्काले पहिलोपटक बीच अवधिमा रजत पदक जित्यो।
भारतसँग पराजित हुँदै बंगलादेश पनि काश्य पदकमा सीमित बनेको छ।
प्रतिक्रिया दिनुहोस !