प्रि ओपन सेसनमा नेप्से परिसूचक घट्यो
काठमाडौं : बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यो समयमा परिसूचक ४.३९ अंकले घटेर २७४०.०५ विन्दुमा पुगेको छ।
प्रि ओपन सेसनमा ५० वटा स्क्रिप्सको २ हजार ४८२ कित्ता सेयर २२ लाख ६८ हजार ५२६ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १४ वटा स्टक्सको मूल्य बढ्दा २८ वटाको घट्यो। ६ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।
अघिल्लो कारोबार दिन बुधबार दिनभर उचारचढावमा रहेको नेप्से परिसूचक २५.८१ अंकले घटेको थियो।
प्रतिक्रिया दिनुहोस !