भैरहवाको क्यासिनोबाट १९ जना पक्राउ

भैरहवाको क्यासिनोबाट १९ जना पक्राउ
सुन्नुहोस्

भैरहवा : प्रहरीले भैरहवास्थित गौतमबुद्ध इन्टरनेसनल होटलमा सञ्चालित रोयल कालिङ्गा क्यासिनोमा छापा मारेर क्यासिनो म्यानेजरसहित १९ जना नेपालीलाई नियन्त्रणमा लिएको छ ।

प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका–१० स्थित रहेको उक्त क्यासिनोमा चेकजाँच गर्दा जुवा खेल्ने र खेलाउने कार्यमा संग्लन १९ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । केही महिना अघि सञ्चालनमा आएको उक्त क्यासिनोमा नेपाली नागरिकको सहज प्रवेशसँगै क्यासिनो खेल्दै आएको गुनासो थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्णकुमार चन्दका अनुसार, मंगलबार राती क्यासिनोमा जुवा खेलाउने कार्यमा ४ जना र खेल्ने १५ जनालाई नियन्त्रणमा लिइएको छ । पक्राउ परेकाहरुका साथबाट ९५ हजार ५ सय नेपाली रुपैयाँ, मोबाइल १७ थान, क्यासिनो क्वाइन २०० थान बरामद भएको उनले बताए ।

पक्राउ पर्नेमा रुपन्देही जिल्लाका १५ जना, काठमाडौं, ललितपुर, गुल्मी, पर्साका एक/एक जना रहेका छन् । पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.