विद्यालयबाट पीडित भएको भन्दै प्रधानमन्त्रीलाई व्यवसायीको ज्ञापनपत्र

विद्यालयबाट पीडित भएको भन्दै प्रधानमन्त्रीलाई व्यवसायीको ज्ञापनपत्र
सुन्नुहोस्

सिरहा : सिरहाको लहान नगरपालिका–१ का पशुपति आदर्श माविबाट पीडित भएको भन्दै व्यवसायीहरुले ईलाका प्रशासन कार्यालय लहानमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । 

व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय सिरहा, लहान नगरपालिका, ईलाका प्रहरी कार्यालय र पशुपति माविलाई पनि वोधार्थ दिएका छन् । विद्यालयमा बुझाएको धरौटी रकम फिर्ता नदिए आन्दोलनमा उत्रिने चेतावनी उनीहरुले दिएका छन् । 

०६९ सालदेखि नै विभिन्न समयमा विद्यालयले आफ्नो अधिनमा रहेको हाताभित्रको जग्गामा व्यापारिक प्रयोजनका लागि सटर कोठा निर्माण गर्ने र भाडामा लगाउने भनेर सूचना प्रकाशित गरेको थियो । त्यही सूचनाका आधारमा स्थानीय व्यवसायीले आफ्नो हैसियतअनुसार ५० हजारदेखि ५ लाखसम्म धरौटी रकम जम्मा गरेका थिए । धरौटी जम्मा गरेको १५ वर्ष पुग्न लाग्दा पनि उनीहरूले आजसम्म न सटर पाएका छन् न धरौटी रकम फिर्ता ।

विद्यालयको अडिट रिर्पोटमा ७३ जना व्यपारीहरुबाट सटर कोठा धरौटी वापत एक करोड ६१ लाख २१ हजार रकम असुल गरेको हिसाब देखाएको छ। यो भन्दा बाहिर पनि केही व्यापारीहरुबाट नगद नै रकम लिएको व्यापारीहरु सुनाउँछन् । त्यो रकम अडिटमा पनि समावेश नगरिएको उनीहरुको भनाई छ । स्रोतका अनुसार विद्यालयको खातामा पनि रकम अहिले छैन् । अन्यत्र काममा खर्च गरेर सकाइसकेका छन् । यता, व्यापारीहरु फिर्ता माग्न जाँदा निवेदन समेत लिन मानेको छैन् । उल्टै धम्काएर प्रअले विद्यालयबाट फर्काएको व्यवसायीहरुले बताएका छन् । 

व्यापारीहरुले पटक–पटक रकम फिर्ता माग्दा नदिएपछि जिल्ला अदालत सिरहामा प्रअ र व्यवस्थापन समितिका अध्यक्षहरुमाथि ठगी सम्बन्धी मुद्दा पनि दायर गरेका थिए । ०८२ बैशाख १५ गते फैसला पनि भयो । त्यसमा विद्यालयले सटर निर्माणका लागि सूचना प्रकाशित गरेर धरौटी रकम उठाएको तर, नगरपालिकाबाट नक्सा पास नहुँदा सटर बनाउन नसकेको जिकिर छ । त्यसपछि ०७२ जेष्ठ २१ गते र ०७६ पुस २४ गते धरौटी फिर्ताको सूचना जारी गरेको देखिन्छ ।

०७८ साउन १५ गते विद्यालयले अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा पनि विद्यालय व्यवस्थापन समितिको निर्णयलाई कबोल गरी सटर निर्माण वापत धरौटी उठाएको जवाफ दिएका छन् । भ्रष्टाचार हो/होइन सम्बन्धित निकायले छानबिन गर्नुपर्ने अदालतको फैसलामा उल्लेख गरिएको छ । विद्यालयले धरौटी रकमको दायित्व स्वीकार गरेको अवस्थाले ठगी मुद्दामा तत्कालीन प्रअ प्रमेश्वर राय र समितिका अध्यक्षहरुले सफाई पाए तर, व्यापारीहरुले अझै धरौटी रकम फिर्ता पाएका छैनन् । 

व्यापारीहरुबाट आएको धरौटी रकमको निवेदन नलिएको प्रधानाध्यापक महेन्द्रप्रसाद चौधरीले पनि स्वीकार गरेका छन् । यस विद्यालयमा अहिले पनि २७ वटा कोठो पक्की सटर र ४४ वटा टहरा व्यवसायिक प्रयोजनका लागि भाडामा लागेको छ । २०५६ सालमै निर्धारण भएको रकम १२ सयदेखि ४८ सयसम्म भाडा लिने गरेको छ । प्रअ चौधरीका अनुसार ७० लाख रुपैयाँ असुल्न बाँकी छ । विद्यालयको एक विघा ११ कठ्ठामा पनि मिलोमतोमा मोही कायम भएको छ । जुन जग्गाको मूल्य अहिले २ करोड भन्दा बढीमा बिक्री वितरण हुने ठाउँ टाउन प्लानिङ्गमा रहेको छ । विद्यालयमा आन्तरिक आम्दानी करोडौँमा भए पनि शैक्षिक सुधार खस्किँदो स्थिति रहेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.