नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

काठमाडौं : आइसीसी विश्वकप लिग २ अन्तर्गत जारी श्रृंखलाको पहिलो खेलमा नेपाल स्कटल्यान्डसँग  २ रनले पराजित भएको छ। नेपाल डीएल पद्धतिमा २ रनले पराजित भएको हो।

त्रिवी क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर स्कटल्यान्डले पहिलो इनिङ्समा ब्याटिङ गरेको थियो। जसमा स्कटल्यान्डले ८ विकेटको क्षतिमा २४३ रन बनाएको थियो। ओभर घटाएर ३९ ओभरको खेल हुने भएको छ। नेपालले ३९ ओभरमा २२१ को लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित ३९ ओभरमा २१८ रन बनायो। 

वर्षाका कारण ओभर घटाउँदा २२१ रनको विजयी लक्ष्य पछ्याएको नेपालका लागि गुल्सन झाले सर्वाधिक ६१ रनको अर्धशतकीय पारी खेल्दै अविजित रहे। उनले ३५ बलमा ३ चौका र ५ छक्का प्रहार गरे। पहिलो विकेटका रूपमा ओपनर विनोद भण्डारी १० रन बनाएर स्टम्पिङ भए। वान डाउन आएका अर्जुन डकआउट भए। 

तेस्रो विकेटको रुपमा ओपनर आसिफ शेखको विकेट गयो। उनले २१ रन बनाए। चौथो विकेट कप्तान रोहित कुमार पौडेलको गयो । पाँचौं विकेट उपकप्तान दिपेन्द्र सिंह ऐरीको गयो। उनले ५५ रनको अर्धशतकीय पारी खेले। उनले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गरे। चौथो विकेटका लागि ७६ रनको साझेदारी बनाएका थिए। उनले ३२ रन बनाउँदै बोल्ड भए। करण केसीले १८ रन बनाए।

नन्दन यादव ८ रनमा अविजित रहे। स्कटल्यान्डका लागि बलिङ तर्फ ब्राड करीले सर्वाधिक ३ विकेट लिए। मार्क वाटले २ लिँदा ओलिभर डेविडसन र ज्याक जार्भिसले १–१ विकेट लिए। 

त्यसअघि, ब्याटिङ गरेको स्कटल्यान्डका लागि ओपनर ब्याटर जर्ज मुन्सेले सर्वाधिक ७५ रनको पारी खेले। उनले ६२ बलमा १२ चौका र २ छक्का प्रहार गरे। उनले पहिलो विकेटका लागि अर्का ओपनर फिन्ले म्याक्रिथसँग ११४ रनको शतकीय साझेदारी गरेका थिए। अर्का ओपनर फिन्लेले ६२ बलमा ३५ रन बनाए। 

ब्रान्डन म्याकमुलेन ७ र कप्तान रिची बेरिङ्टन ५ रनमा पेभेलियन फर्किए। म्याथ्यू क्रसले १८, मार्क वाटले २४, माइकल लिस्क २९ रनमा बोल्ड भए। माइकल इङ्लिस ३४ रनमा अविजित रहे। ज्याक जार्भिस अन्तिम बलमा क्याच आउट भए। नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। करण केसी र नन्दन यादवले २–२ विकेट लिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.