कर्णालीको कृषि विकासमा इजरायलको चासो : रैथाने बाली र जडिबुटी प्रवर्द्धनमा सहकार्यको प्रतिबद्धता

कर्णालीको कृषि विकासमा इजरायलको चासो : रैथाने बाली र जडिबुटी प्रवर्द्धनमा सहकार्यको प्रतिबद्धता

मुगु : कर्णाली प्रदेशको कृषि आधुनिकीकरण, रैथाने बालीहरूको अन्तर्राष्ट्रिय बजारीकरण तथा जडिबुटी संरक्षण र निर्यात प्रवर्द्धनका विषयमा नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बास मुगुका कृषिविज्ञ विद्यार्थी आशिष देवकोटाबीच काठमाडौंस्थित इजरायली दूतावासमा छलफल भएको छ।

मुगुको सोरु गाउँपालिका, घर भई हाल कृषिमा स्नातकोत्तर अध्ययनरत देवकोटाले कर्णालीमा उत्पादन हुने कागुनो, चिनो, मार्सी चामल, कोदो लगायत रैथाने बालीलाई अन्तर्राष्ट्रिय बजार, विशेष गरी इजरायलसम्म पुर्‍याउन पहल आवश्यक रहेको बताएका थिए । उनले यार्सागुम्बा, शिलाजित, पाँचऔँले, सतुवा र घुच्ची च्याउ जस्ता बहुमूल्य जडिबुटीहरू न्यून मूल्यमा भारत र चीनतर्फ कच्चा पदार्थका रूपमा निर्यात भइरहेको उल्लेख गर्दै यसको संरक्षण, प्रशोधन र मूल्य अभिवृद्धिका लागि इजरायल सरकारसँग प्रविधि, प्राविधिक सहयोग तथा लगानीको वातावरण निर्माण गर्न आग्रह गरेका थिए ।

देवकोटाले कर्णालीको परम्परागत कृषि प्रणालीलाई आधुनिक र यान्त्रिकृत बनाउनु आवश्यक रहेको उल्लेख गर्दै मुगुलगायत कर्णालीका कृषि विद्यार्थी तथा युवालाई इजरायलमा अध्ययन र रोजगारीको अवसर उपलब्ध गराउन सके त्यसबाट प्राप्त सीप र अनुभवले प्रदेशको कृषि विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।

जवाफमा इजरायली राजदूत श्मुलिक एरी बासले कर्णाली प्रदेशको कृषि आधुनिकीकरण र यान्त्रिकरणमा इजरायल सरकारले निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा अझ प्रभावकारी सहकार्य गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, यस वर्ष नेपालबाट २ हजार ३ सय जना कामदार, किसान तथा महिलाहरूलाई इजरायल लैजाने निर्णय भएको जानकारी पनि दिएका छन् ।  उक्त भेटघाटमा राजदूत श्मुलिक एरी बासले सन् २०२६ भित्र रारा ताललगायत कर्णालीका विभिन्न क्षेत्रको भ्रमण गरी त्यहाँको सम्भावना र अवस्थाको अवलोकन गर्ने इच्छा व्यक्त गरेको  देवकोटाले जानकारी दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.