जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
बाँके : १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। कोहलपुर नगरपालिका-४ बेलनपुर बस्ने २६ वर्षीय रैबर खानलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । खानले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी बिट मदनचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-२ का २२ वर्षीय फुलसिंह थारूलाई प्रहरीले पक्राउ गरेको छ । थारूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीले मंगलबार उनलाई बैजनाथ गाउँपालिका-५ बनकटुवा चोकबाट पक्राउ गरेको हो । प्रहरीले दुवै घटनाका बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस !