हावाहुरीका कारण ट्याक्टरमा रुखको हाँगा खस्दा एक जनाको मृत्यु

हावाहुरीका कारण ट्याक्टरमा रुखको हाँगा खस्दा एक जनाको मृत्यु
सुन्नुहोस्

सिमरा: बाराको निजगढमा सोमबार साँझ आएको भीषण हुरीका कारण रुखको हाँगा खस्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा निजगढ नगरपालिका-४ का ५५ वर्षीय साइला भनिने देवबहादुर अर्याल रहेका छन्।

इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार सिंगौलबाट निजगढतर्फ आउँदै गरेको ना ७ त ५१५० नम्बरको ट्याक्टरमाथि अचानक रुखको हाँगा भाँचिएर खसेको थियो। घटनामा गम्भीर घाइते भएका अर्याललाई तत्काल उपचारका लागि निजगढस्थित सामुदायिक अस्पताल लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

घटनामा ट्याक्टरमा सवार नुवाकोटको सूर्यगढी गाउँपालिका-१ लज्याङ घर भई हाल निजगढ ५ बागदेव बस्दै आएका ३२ वर्षीय कृष्ण घलान घाइते भएका छन्। प्रहरीका अनुसार उनको अवस्था सामान्य रहेको छ। ट्याक्टर चालक निजगढ नगरपालिका ४ पुरानो टोल निवासी ५० वर्षीय बुद्धमान बल भने सकुशल रहेका छन्। घटनापछि प्रहरीले चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।

मृतक अर्यालको शव हाल सामुदायिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.