काभा महिला भलिवल : इरानकी खालिल फातेमह बनिन् उत्कृष्ट खेलाडी
काठमाडौं : काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको उत्कृष्ट खेलाडीको उपाधि इरानकी आउट साइड हिटर खालिल फातेमहले जितेकी छिन् । टिमको लागि उपाधि जिताउनमा महत्वपूर्ण भूमिका खेलेकी फातेमेहले उत्कृष्ट आउटसाइड हिटरको पनि उपाधि जितेकी हुन् ।
जेठ ८ देखि १५ सम्म काठमाडौँको राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्ड हलमा सञ्चालन भएको यस प्रतियोगिताको फस्ट उत्कृष्ट मिडल ब्लकर भारतकी शिल्पा सिन्धुले जितिन् । दोस्रो उत्कृष्ट मिडल ब्लकर मिडल काजकिस्तान ब्लकर इलिया फोयन्काले जितिन् ।
फस्ट आउट साइड हिटर इरानकी खलिल फातेमह र सेकेन्ड आउट साइड हिटर काजकिस्तानकी कृस्टिना बेलोभाले हात पारे । उत्कृष्ट वेस्ट अपोजिट स्पाइकर इरानकी उर्सालेह इलाहेहले जितिन् । उत्कृष्ट सेटर इरानकी अलिखानीले जितिन् । उत्कृष्ट लिबेरोमा भारतकी साथी दासले जितिन् ।
प्रतिक्रिया दिनुहोस !