अमेरिकी सैन्य बेसमा इरानको ठूलो हमला, धेरै सैनिक घाइते भएको दावी

अमेरिकी सैन्य बेसमा इरानको ठूलो हमला, धेरै सैनिक घाइते भएको दावी
सुन्नुहोस्

इरान : इरानले अमेरिकी सैन्य बेसमा ठूलो हमला गरेको छ । यस भीषण आक्रमणमा धेरै अमेरिकी सैनिक घाइते भएको खबर सार्वजनिक भएको छ । आक्रमणमा अमेरिकी सेनाका अत्याधुनिक र घातक ‘रीपर ड्रोन’ हरू मा पनि ठूलो क्षति भएको बताइएको छ । दुवै देशबीचको नाजुक युद्धविराम अहिले टुट्ने अवस्थामा पुगेको छ ।

इरानी सेनाले बिहीबार बिहान अमेरिकी एयर बेसलाई निशाना बनाएको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजीसी) ले दावी गरेको छ । रातको समयमा इरानको दक्षिणी क्षेत्र, विशेष गरी बन्दर अब्बास क्षेत्रमा आक्रमण गरिएको थियो । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार यो कारबाही ‘अमेरिकी आक्रामकको’ प्रतिशोध हो । अमेरिकी अधिकारीहरूले पनि यो आक्रमण भएको पुष्टि गरेका छन् । उनीहरूका अनुसार पछिल्ला २४ घण्टामा इरानले कुवेतस्थित ‘अली अल सलेम एयर बेस’ मा ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । यद्यपि कुवेतको एयर डिफेन्स प्रणालीले ‘फतेह–११०’ मिसाइललाई आकाशमै रोक्न सफल भयो, तर त्यसका टुक्राहरू बेसभित्र खसेपछि केही अमेरिकी सैनिक घाइते भएका छन् ।

अमेरिकाका दुई अत्याधुनिक MQ–९ रीपर’ स्ट्राइक ड्रोनमा ठूलो क्षति पुगेको छ । तीमध्ये एउटा ड्रोन पूर्ण रूपमा नष्ट भएको छ भने कम्तिमा अर्को एक ड्रोन गम्भीर रूपमा क्षतिग्रस्त भएको छ । एक MQ–९ रीपर ड्रोनको मूल्य करिब ३ करोड अमेरिकी डलर पर्छ । यी ड्रोनहरू अमेरिकी रक्षा प्रणालीका अत्यन्त महत्वपूर्ण हिस्सा हुन्, जसको प्रयोग मुख्यतः निगरानी र सटीक हवाई आक्रमणका लागि गरिन्छ । यस्ता ड्रोनमा भएको क्षतिलाई अमेरिकी सेनाका लागि ठूलो धक्का मानिएको छ ।

ट्रम्प युद्धविराम सम्झौताको विषयमा विचार गर्दै, तर निर्णय भएन
यसबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आधिकारिक निवास तथा कार्यालय ‘व्हाइट हाउस’ मा शुक्रबार आफ्ना सल्लाहकारहरूसँग बैठक गरेका छन् । तर इरानसँग युद्धविराम अवधि बढाउने र स्ट्रेट अफ होर्मुज पुनः खोल्ने सम्बन्धी प्रस्तावित सम्झौतामा कुनै अन्तिम निर्णय भएको छैन ।

इरानले पनि यो सम्झौता अझै अन्तिम नभएको बताएको छ । बैठकअघि ट्रम्पले यस विषयमा ‘अन्तिम निर्णय’ गर्ने बताएका थिए । तर पछि प्रशासनका एक वरिष्ठ अधिकारीका अनुसार करिब दुई घण्टा चलेको राष्ट्रिय सुरक्षा सल्लाहकारहरूसँगको बैठक कुनै निर्णय बिना समाप्त भएको हो । अधिकारीले नाम नबताउने शर्तमा बताएअनुसार ट्रम्पले केवल त्यही सम्झौता स्वीकार गर्नेछन्, जसले उनका ‘निर्धारित शर्तहरू’ पूरा गर्छ र इरानको आणविक महत्वाकांक्षालाई नियन्त्रणमा राख्छ ।

ट्रम्पले यो उच्चस्तरीय बैठक त्यस्तो समयमा गरेका हुन्, जब एक दिनअघि केही सञ्चारमाध्यमहरूले अमेरिका र इरानबीच प्रारम्भिक सम्झौता भएको दाबी गरेका थिए । उक्त प्रस्तावअनुसार हालको नाजुक युद्धविरामलाई ६० दिनका लागि विस्तार गर्ने र इरानको विवादित आणविक कार्यक्रमबारे पुनः वार्ता सुरु गर्ने योजना थियो । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.