साताभर देशका कुन-कुन स्थानमा हुनेछ वर्षा ? यस्तो छ सम्भावना

साताभर देशका कुन-कुन स्थानमा हुनेछ वर्षा ? यस्तो छ सम्भावना
सुन्नुहोस्

काठमाडौं :  साताभर स्थानीय वायु, पश्चिमी वायुको साथै नेपालको दक्षिणतिर रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहने देखिन्छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हिमाली भू-भागमा शुक्रबारदेखि बिहीबारसम्म कोशी बागमती र गण्डकी प्रदेशमा केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको साताको सुरु र मध्यमा केही स्थानहरूमा अन्त्यमा थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित मध्यम सम्मको हिमपात/वर्षाको सम्भावना छ।

पहाडी भू-भागमा साताभर कोशी प्रदेशको धेरै स्थानहरूमा, बागमती र गण्डकी प्रदेशमा केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको साताको सुरु र मध्यमा केही स्थानहरूमा साथै अन्त्यमा थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित मध्यम सम्मको वर्षाको सम्भावना छ। साताको सुरुमा कोशी, बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ। 

तराई भू-भागमा कोशी प्रदेशमा साताभर केही स्थानहरूमा, बाँकी प्रदेशमा साताको सुरु र मध्यमा केही स्थानहरूमा तथा अन्त्यमा थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/असिना/हावाहुरी सहित मध्यम सम्मको वर्षाको सम्भावना रहेको छ।  विशेषगरी साताको सुरु र मध्यमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू-भागमा अधिकतम तापक्रम र न्यूनतम् तापक्रममा केही घट्ने, अन्त्यमा हल्का बढ्ने तथा बाँकी प्रदेशमा उल्लेखनीय परिवर्तन नहुने सम्भावना रहेको विभागले जनाएको छ। 

सरदरसँग तुलना गर्दा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भू-भागमा अधिकतम र न्यूनतम् तापक्रम सरदर भन्दा केही बढी नै रहने तथा वर्षा सरदरभन्दा कम रहने सम्भावना रहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.