नयाँ शक्ति

नयाँ शक्ति

सशस्त्र विद्रोहका 'आइडोलोग। र वर्तमान संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका आधा दर्जन नेताहरूमध्ये एक अर्थात् बाबुराम भट्टराईको नेतृत्वमा 'नयाँ शक्ति नेपाल। नामक पार्टी अस्तित्वमा आएको छ, जुन निर्वाचन आयोगमा दर्ता हुने १८१ औँ राजनीतिक दल हुनेछ।

नेपाल सायद सबभन्दा धेरै दलहरू भएको मुलुकहरूमध्ये पर्छ, विश्वमै। विद्यमान दलहरूसँग जनता निराश छन्, त्यसैले कुनै नयाँ पार्टी जन्मिँदा त्यसले जनताको विश्वास र समर्थन प्राप्त गरि नै हाल्छ भन्ने सामान्य सोच नवागन्तुक दलहरूमा हुन सक्छ, तर त्यो मात्र पर्याप्त हुँदैन।

नयाँ शक्ति नेपालका नेता भट्टराईलाई प्रधानमन्त्री र त्यसअघि सशस्त्र विद्रोहताका 'जनसरकार प्रमुख। का रूपमा सबैले चिनेका छन्। नेपालमा विद्यमान वैदेशिक हस्तक्षेप, अराजकता र अनिश्चितताको लागि उनी कम दोषी छैनन्। यो परिस्थितिको समीक्षा र समाधान नखोजी नयाँ शक्तिको नारा 'अबको निकास, आर्थिक विकास कार्यान्वयनमा आउन सक्तैन।

कुनै पनि दल एउटा समान मान्यता, सिद्धान्त र प्रतिबद्धता बोक्नेहरूको समूह हो। हो, व्यावहारिकताका नाममा त्यसमा परिवर्तन हुन सक्छ। तर नयाँ शक्तिमा साम्यवादीदेखि नवउदारवादी अर्थतन्त्रमा विश्वास गर्नेहरू छन्। साझा मान्यता के त ? त्यस्तै भट्टराईले 'चेगुवारा।

शैलीमा आफूलाई प्रस्तुत गरे पनि साम्यवादी परम्परामा विदेशीहरूको कार्ल माक्स, लेनिन आदिको फोटो सजाएनन् मञ्चमा। तर, सांकेतिक सन्देश दिएर जनता आकर्षण गर्न कठिन हुन्छ। त्यसको लागि स्पष्ट नीति, सन्देश र तदनुसारको व्यवहार झल्किनुपर्छ नेता र पार्टीको संस्थागत व्यवहारमा।

नेपाली राजनीतिमा बाह्य शक्तिले यो हदसम्म निर्णायक भूमिका खेलेका थिएनन्, जति कि बाह्रबुँदे र त्यसपछिको चरणमा खेले। त्यो भूमिका खासगरी भारतलाई दिन सहजकर्ताका रूपमा भट्टराईको भूमिका रहेको धेरैको मान्यता छ।

नेपाल भूरणनीतिक हिसाबले अति नै महत्व राख्दछ र यहाँको राजनीति तथा नेतृत्व पात्रमाथि बाहिरको चासो रहि नै रहन्छ। नयाँ शक्तिको 'उद्घाटन। को अवसरमा विभिन्न मुलुकका राजनीतिक र कूटनीतिक प्रतिनिधिहरूको उपस्थिति त्यसैको सन्देश हो र त्यसमा छिमेकी भारतबाट विभिन्न दलहरूको उपस्थिति भए पनि सत्ताधारी भारतीय जनता पार्टीले नयाँ शक्तिको निम्तोलाई वास्ता नगर्नुले केही अर्थ राख्दछ।

नयाँ शक्तिले कुन अर्थमा अरू दलभन्दा फरक चरित्र र प्रदर्शन देखाउँछ, शान्ति प्रक्रिया र संविधान कार्यान्वयनमा ऊ कसरी सहायक बन्छ अनि उसले नेपालभित्र परस्पर प्रतिस्पर्धामा रहेका बाह्य शक्तिहरूसँग कसरी 'डिल। गर्छ, आन्तरिक राजनीतिलाई उसले जनताको सार्वभौम अधिकार क्षेत्रमा ल्याउँछ कि ल्याउँदैन र मुलुकमा देखा परेको 'पृथकतावादी। प्रवृत्ति र जातीय राजनीतिबारे उसले कस्तो धारणा राख्दछ, यी महत्वपूर्ण पक्ष हुनेछन्, जसका आधारमा जनताले नयाँ शक्तिलाई मूल्यांकन गर्नेछन्।

मुलुकको आर्थिक विकास, समुन्नत समाजवाद, स्वतन्त्रता र सार्वभौमसत्ताको हिमायती, सुशासन र सदाचार, समतामूलक समृद्धि अनि समानुपातिक÷समावेशी र सहभागितामूलक लोकतन्त्रको लक्ष सहज छैन हासिल गर्न। जवाफदेही चरित्र कति विकसित गर्ला नयाँ दलले ?

त्यस्तै विभिन्न राजनीतिक, अराजनीतिक र गैरराजनीतिक पृष्ठभूमिबाट आएको भीडलाई कसरी दलको स्वरूप दिने ? त्यो नै नयाँ शक्ति नेपालको औपचारिक घोषणापछिको सबभन्दा ठूलो चुनौती हुनेछ र भट्टराईको पनि !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.