इपीएस परीक्षामा ३१ नक्कली परीक्षार्थी पक्राउ

इपीएस परीक्षामा ३१ नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँः रोजगार अनुमति प्रणालीअन्तर्गत सातौँ इपिएस कोरिया भाषा परीक्षा सहभागी हुन आएका ३१ नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँबाट २३ र ललितपुरको केन्द्रबाट आठ गरी २३ जना अर्काको नाममा परीक्षा दिन आएका नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई हिरासतमा राखी कानुनबमोजिम कारबाही अगाडि बढाइएको उनले बताए ।

यस वर्ष ५२ हजार २२२ पुरुष र आठ हजार ४०४ महिलाले परीक्षाका लागि आवेदन दिएकामा कृषितर्फ ३७ हजार १७५ र उत्पादनमूलक क्षेत्रमा २३ हजार ४५१ छन् ।


आज ३० हजार २०२ परीक्षार्थी रहेकामा २८ हजार ७८२ जनामात्रै परीक्षामा सहभागी भएको उनले जानकारी दिए ।

बाँकी परीक्षार्थीको आइतबार बिहान ८:३० बजे र अपराह्न १२:३० बजेदेखि परीक्षा सञ्चालन हुनेछ । पढाइ १०० र लेखाइ १०० गरी २०० पूर्णाङ्कको हुने सो परीक्षा ७० मिनेटको हुनेछ ।

यस वर्ष तीन हजार १०० लाई उत्तीर्ण गराइने र तीमध्ये एक हजार उत्पादनमूलक क्षेत्र र दुई हजार १०० जना कृषिका लागि दक्षिण कोरिया लगिनेछन् । काठमाडौँ उपत्यकामा १८ र पोखरामा तीन परीक्षा केन्द्र तोकिएका छन् ।

आगामी साउन ११ गते परीक्षाफल प्रकाशन भई उत्तीर्ण भएकाहरू सन् २०१७ देखि कोरिया जान पाउने छन् । हालसम्म ३८ हजार जना भाषा परीक्षामार्फत कोरिया गएका छन् । रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.