रोपाइँमा गएकी राममाया तमोरमा हाम फालेर बेपत्ता
![रोपाइँमा गएकी राममाया तमोरमा हाम फालेर बेपत्ता](https://annapurnapost.prixacdn.net/media/albums/576558355358c9.29302113_65oEKh57v5.jpg)
ताप्लेजुङ: ताप्लेजुङको खोक्लिङ-३ की राममाया विक तमोर नदीमा एक्कासी हाम फालेर बेपत्ता भएकी छन्।
खोक्लिङका लक्ष्मी गिरीको खेतमा रोपाइँको काम गर्न गएकी ४६ वर्षीय विक दिउँसो १२ बजे एक्कासि नदीमा हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ।
प्रहरीका अनुसार सँगै काम गरिरहेका अन्य साथीलाई छाडेर नदीमा पुगेको र एक्कासि हाम फालेर विक बेपत्ता भएकी हुन्।
बेपत्ता विक खोक्लिङ-३ का बलबहादुर विककी श्रीमती हुन्। उनको अहिले खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।
नदीमा हाम फाल्नुको कारण खुलेको छैन। रासस
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)