कार्बाइडयुक्त भारतीय आँप बजारमा, सरकारी निकाय मौन

कार्बाइडयुक्त भारतीय आँप बजारमा, सरकारी निकाय मौन

कञ्चनपुर: कञ्चनपुरका बजारमा भारतबाट ल्याइएका आँपमा मानव स्वास्थ्यका लागि हानिकारक मानिने कार्बाइडको प्रयोग गरी बिक्री वितरण भइरहेको छ ।

भारतीय व्यापारीले प्रतिबन्धित कार्बाइड हालेर पकाएको आँप बिक्रीका लागि नेपाली बजारमा पुर्याइ रहँदा समेत कारबाही हुन सकेको छैन् ।

कार्बाइड हालेर पकाएका आँप भारतीय बजार खटिमा, बनवसा र बरेलीलगायतका ठाउँबाट व्यापारीले ट्रकमा राखेर सोझै महेन्द्रनगर, सुडा, दैजी, झलारी, गुलरिया र कैलालीको अत्तरियासम्म बिक्रीका लागि पुर्याउने गरेका छन् ।

भारतबाट दैनिक दुई ट्रक आँप पश्चिमी सीमानाका गड्डाचौकी हुँदै नेपाल भित्रिने गरेको महेन्द्रनगर मण्डीका व्यवसायी विशाल सोनारले बताए ।

आँप पाक्ने समयमा पनि बजारमा कार्बाइड हालेर पकाएको आँपको कारोबार निकै उच्च रहेको छ । उपभोक्तामा हानिकारक रसाइन प्रयोग गरिएको आँप खानु हुँदैन भन्ने जनचेतना नभएकै कारण खरिद गरेर लग्ने गरेको झलारीका स्थानीय बुद्धिजीवी दिलबहादुर ऐरले बताए ।

मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने हानिकारक रसायनको प्रयोग गरिएका आँप बिक्री भइरहँदासमेत स्थानीय प्रशासनले नियन्त्रणको प्रयास नगरेको उनले भने । “बजार अनुगमनको कार्य नहुँदासमेत व्यापारीले प्रतिबन्धित रसाइन प्रयोग गरेका आँपको कारोबार गर्दै आएका छन्” उनको भनाइ छ ।

प्लान्ट क्वारेन्टाइन कार्यालय गड्डाचौकीले समेत हानिकारक कार्बाइड हालेर पकाएका आँप रोक्नका लागि पहल नगरेको उपभोक्ताको आरोप छ ।

प्लान्ट क्वारेन्टाइन कार्यालय गड्डाचौकीले समेत हानिकारक कार्बाइड हालेर पकाएका आँप रोक्नका लागि पहल नगरेको उपभोक्ताको आरोप छ ।

रसायन प्रयोग गरी पकाएका आँपको परीक्षण गर्ने उपकरणको अभाव र हेरेको आधारमा आँपको परीक्षण गर्नुपर्दा कुन आँप रसायन प्रयोग गरेको र नगरेको छुट्याउन गाह्रो रहेको क्वारेन्टाइनका कर्मचारीले बताएका छन् ।

प्रचलित खाद्य ऐन २०२३ (हाल सम्म संशोधनसहित) ले कृत्रिम रसायन कार्बाइड प्रयोग गरी आँप पकाउन प्रतिबन्धित गरेको छ ।

खाद्य ऐनअनुसार प्रतिबन्धित यस्ता रसायन प्रयोग गरी आँप बिक्री वितरण गर्ने व्यवसायीलाई रु १० हजारदेखि २५ हजार जरिवाना वा तीन वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.