१० वर्षे बालकको तौल १९२ केजी !

१० वर्षे बालकको तौल १९२ केजी !

एजेन्सीः सामान्य अवस्थामा १० वर्षे बालकको तौल कति होला ? १८ केजी,३० केजी वा ४० केजी । तपाईंले गर्ने अनुमान यस्तै होला । तर, इण्डोनेसियाको एक गाउँमा रहेका १० वर्षे बालकको तौल सुन्नुभयो भने तपाईं आश्चर्यचकित हुनुहुनेछ ।

इण्डोनेसियाको ग्रामिण समुदायमा रहेका १० वर्षे आर्या परमानाको तौल १९२ केजी छ । अत्यधिक मोटोपनाका कारण यि बालक न राम्ररी हिँड्न सक्छन् न त विद्यालय नै जान सकेका छन् ।

उनी दिनभर आफ्नो शरीरमा एउटा कपडा बाँधेर बस्ने गरेका छन् । बजारमा उनलाई ठीक हुने कपडा नपाएर सादा कपडा बेरेर राख्नु परेको हो ।

आर्यालाई दम, निन्द्रा नलाग्ने जस्ता बिराम छन् । चिकित्सकहरुले उनलाई कम खाना खान (डाइट गर्न) सल्लाह दिएका थिए । चिकित्सकको सल्लाह नमानेर बढी खाना खाँदा उनको तौल झन बढ्दै गएको छ ।

आर्यालाई हेर्न टाढा टाढाका मान्छेहरु पनि आउने गरेका छन् । उनलाई विश्वको सबैभन्दा मोटो बच्चा मान्ने गरिएको छ । उनी आमाका अनुसार आर्याले दिनमा पाँच पटक ह्याभी खाना खाने गरेका छन् । उनी बच्चा अवस्थामा सामान्य रहेपनि अचानक तौल बढेको परिवारका सदस्यहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.