२९ जना सवार भारतीय वासु सेनाको विमान सम्पर्क बिहिन
![२९ जना सवार भारतीय वासु सेनाको विमान सम्पर्क बिहिन](https://annapurnapost.prixacdn.net/media/albums/5791ecdf177c44.93673594_BWYqNaYJQi.jpg)
एजेन्सीः भारतीय वायु सेनाको विमान सम्पर्क बिहिन भएको छ । वायु सेनाको फौजी मालवाहक एएन–३२ विमान सम्पर्क बिहिन भएको हो । समाचार एजेन्सी पिटिआईका अनुसार विमानमा चालकदलका सदस्यसहित २९ जना सवार थिए ।
शुक्रबार बिहान साढे आठ बजे चेन्नईबाट पोर्ट ब्लेयरका लागि उडेको विमान सम्पर्क बिहिन भएको हो ।
११ः३० बजे पोर्ट ब्लेयर पुग्नुपर्ने विमान सम्पर्क बिहिन भएको हो । विमानको खोजी भइरहेको भारतीय सञ्चार माध्ययमले उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)