जलवायु परिवर्तन आतङ्कवाद जस्तै खतरानाकः केरी

जलवायु परिवर्तन आतङ्कवाद जस्तै खतरानाकः केरी

वासिङटनः संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री जोन केरीले इस्लामिक स्टेट (आईएस) समूह र केही अतिवादी समूहको आतङ्क जस्तै जलवायु परिवर्तन पनि विश्वको भविष्यका लागि अति खतरानाक भएको बताएका छन् ।

अस्ट्रियाको भियनामा शुक्रबार अन्तर्राष्ट्रिय जलवायु परिवर्तन सम्मेलनमा आतङ्कवादले सार्वजनिक रुपमा जसरी विश्वको ध्यानाकर्षण गरेको छ । त्यसरी जलवायु परिवर्तनले ध्यान तान्न नसकेको बताए ।

अमेरिकी विदेशमन्त्री केरीले भन्नुभयो, हामीले यस बैठकमा छलफल गरिरहेको जलवायु परिवर्तनको एजेन्डा विश्वलाई आतङ्कवादबाट जोगाउन विश्वले गर्ने छलफल जस्तै महत्वपूर्ण विषय हो किनकी दुवै कुरा यस संसारको अस्तित्वका लागि गरिने प्रयास हुन् ।

सन् १९८७ को मन्ट्रिएल प्रोटोकलले जसरी क्लोरोफ्लोरो कार्बन र वायुमण्डलमा असर गर्ने अन्य स्रोतलाई नियन्त्रणका लागि गरेको सहमतिलाई कार्यान्वयनमा ल्याउन गरेका पहलप्रति प्रशंसा गर्दै बाँकी रहेका कामलाई आगामी दिनमा अघि बढाउनुपर्नेमा उनको भनाइ छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.