काबुलमा आतंकवादी हमला, ६१ को मृत्यु

काबुलमा आतंकवादी हमला, ६१ को मृत्यु

एजेन्सीः अफगानिस्तानको राजधानीका काबुलमा शनिबार भएको आत्मघाती हमलामा कम्तिमा ६१ जनाको मृत्यु भएको छ । आत्मघाती हमलामा परी दुई सय बढी घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्ययमले जनाएका छन् ।

आतंकवादी हमलाको जिम्मेवारी चरमपन्थी संगठन इस्लामिक स्टेटले लिएको छ । अन्तराष्ट्रिय सञ्चार माध्ययमका अनुसार शिया समुदायको भीडमा गराइएको विष्फोटमा परी दर्जनौ मानिसको मृत्यु भएको हो ।

अफगानिस्तानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरे अनुसार हमलामा दुई सय बढी घाइते भएको पुष्टि गरेको छ । हमलाको पूर्ण विवरण आउन बाँकी छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.