नेविसंघको मतदान सकियो, दिउँसो नतिजा सार्वजनि हुने
काठमाडौं: नेपाल विद्यार्थी संघको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान कार्यक्रम बिहीबार बिहान सम्पन्न भएको छ । बुधबार मध्यान्हबाट सुरु भएको मतदान कार्यक्रम बिहीबार बिहानमात्र सकिएको निर्वाचन समितिले जनाएको छ ।
विद्युतीय मेसिन तथा मतपत्र दुवैको प्रयोग गरी मतदान गरिएको थियो । मतदान सकिएपछि मुचुल्का उठाइएको र आजै मत गणना सुरु हुने समितिले जनाएको छ । बिहान १० बजेदेखि मतगणना सुरु गर्ने र दुई घण्टाको अवधिमा सम्पूर्ण नतिजा तयार पार्न सकिने समितिले जनाएको छ ।
नेवि संघले तीन हजार आठसय भन्दा बढी प्रतिनिधि सहभागि हुने बताएपनि बुधबार साँझसम्म तीन हजार चार सय ६८ जनाले मात्र परिचयपत्र बुझेका थिए । उनीहरुमध्येबाट तीन हजार दुई सय ६० मत खसेको थियो ।
अध्यक्षसहित एक सय २९ सदस्यीय कार्यसमितिका लागि भएको निर्वाचनमा झण्डै सात सय जना प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया दिनुहोस !