सदाबहारः कृष्ण क्रेज

सदाबहारः कृष्ण क्रेज

काठमाडौं: श्याम वर्ण । चञ्चले स्वभाव । दृढ संकल्प र शृंगारिक पुरुष, कृष्ण । सोह्र हजार गोपिनीका एक्ला प्रिय ! जसको आकर्षण अझैसम्म पनि हिन्दु धर्मावलम्बीमाझ घटेको छैन । गोपिनीहरूसँग कृष्णको प्रेम क्रीडाको प्रसंग अहिले पनि उत्तिकै हुने गर्छ । करिब पाँच हजार वर्षपछिको यो कलियुगमा पनि कृष्ण क्रेज घटेको छैन ।

चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसमा अंग्रेजीमा स्नातकोत्तर अध्ययनरत सुमित्रा श्रेष्ठ कृष्णकी फ्यान हुन् । 'आई ल...भ द्याट बोय', उनी भन्छिन्, 'उसको चञ्चले स्वभाव, कलर कम्प्लेक्सन नै क्या दामी छ ।' कृष्णको हरेक कुरा मन पराउने सुमित्रा प्रत्येक वर्ष कृष्णजन्माष्टमीमा पानीसमेत नपिएर व्रत गर्छिन् ।

तर व्रत बस्नुको कारण कृष्णप्रतिको प्रेमबाहेक अरू केही होइन । भन्छिन्, 'कुनै कामना पनि छैन, राति १२ बजे पूजा गरेपछि मात्र खान्छु ।' दुःखी भएको बेला कृष्णको तस्बिर नियाल्दैमा उनलाई खुसी हुने ऊर्जा मिल्छ । तस्बिर हेरेरै नतमस्तक हुने सुमित्रा भन्छिन्, 'कसैलाई पिट्नै लागेँ भने पनि कृष्णको फोटो देखेपछि छोडिदिन्छु ।'

पाटन क्याम्पसमा स्नातक तहमा अध्ययनरत सरस्वती सिजापतिलाई कृष्णलीला मन पर्छ । कृष्णको स्वरूप नै आकर्षक लाग्छ । उनको शिरमा सिउरिएको मयूरको प्वाँख झनै दामी लाग्छ । बाँसुरीको धुनले सबैलाई रुवाउने र हँसाउने कृष्ण संगीतप्रेमीका लागि प्रिय छन् । सरस्वती पनि संगीतप्रेमी हुन् ।

त्यसैले कृष्णको बाँसुरी सुन्न नपाए पनि तस्बिरले नै उनलाई तरंगित बनाइदिन्छ । 'रिसको कुरालाई पनि हाँसेरै समाधान गर्ने उहाँको बानी हामीले अनुसरण गर्नै पर्छ ।' हरेक कृष्णजन्माष्टमीमा व्रत बस्दै आएकी उनी भन्छिन्, 'हाम्रो पुस्ताले उहाँबाट सिक्नुपर्ने महत्त्वपूर्ण कुरा यही हो ।'

त्रि—चन्द्र क्याम्पसबाट भर्खरै स्नातकोत्तर गरेकी भावना जोशी कृष्णको चरित्रबाट प्रभावित छन् । विवाहित जोशी विवाहपूर्व कृष्णजस्तो मायालु श्रीमान् होस् भन्ने चाहन्थिन् । भन्छिन्, 'सबैको मन राखिदिने खालको चरित्र, दुःखमा परेकालाई पनि मनोरञ्जन दिलाएर त्यसबाट छुटकारा गराइदिने उसको स्वभाव मन पर्छ ।'

सञ्चारकर्मी गरिमा रानालाई कृष्ण भगवान् राम्रो लाग्छ । धार्मिक हिसाबले मात्र होइन, अरू कारणले पनि । भन्छिन्, 'उनको जीवनशैली बढी आकर्षक लाग्छ, एकदमै शंगारिक व्यक्तित्व, सबैको प्रिय, सबैलाई आफ्नो बनाउन सक्ने खुबी भएकोले मन पर्छ ।'

आख्यानकार अनुपमा रोशीमा पनि कृष्णको छाप कम परेको छैन । उनको नजरमा कृष्ण एउटा सभ्यताको शक्ति हो । जसमा त्यो समाजका अक्सर सवालहरूको जवाफ भेटिन्छ । त्यो समय गति नै कृष्ण हो जस्तो लाग्छ उनलाई । भन्छिन्, 'प्रेम, राजनीति, धर्म र सिंगो परिपाटीलाई सञ्चालन गर्न सक्ने शक्ति र सामथ्र्यको नाम नै कृष्णको रूप हो ।'

लोकसंस्कृतिविद् तुलसी दिवसका अनुसार कृष्ण निश्चित धार्मिक समूहको सीमा नाघेर आफ्नो व्यक्तित्वले बाह्य समूहमा पनि लोकप्रिय भएको प्रस्ट देखिन्छ । रामको जन्म दरबारभित्र भयो तर कृष्णको जेलमा । उनी बाल्यकालदेखि नै परिवार र समाजमा बढी नै लोकप्रिय बने । रूप सौन्दर्यमात्र नभएर कला र सिर्जनशीलता कृष्णप्रतिको आकर्षणको कारण हो । दिवस भन्छन्, संगीतको पारंगत प्रतिभा उनीसँग थियो, सँगसँगै हित र कल्याण सोच्ने प्रवृत्ति पनि थियो ।'

दुःखी भएको बेला कृष्णको तस्बिर नियाल्दैमा उनलाई खुसी हुने ऊर्जा मिल्छ । तस्बिर हेरेरै नतमस्तक हुने सुमित्रा भन्छिन्, 'कसैलाई पिट्नै लागेँ भने पनि कृष्णको फोटो देखेपछि छोडिदिन्छु ।'

कृष्णले गल्तीले पनि अरूको कुभलो नगरेको कारण उनी एउटा रोलमोडल नै भए । कृष्ण हरेक वयमा आकर्षणको केन्द्र बनेको दिवसले देखेका छन् । जैविक रूपले भिन्न लिंगप्रति युवतीहरू आकर्षित हुनु अस्वाभाविक होइन । जुन पुरुषले नारी सौन्दर्य र व्यक्तित्वको सम्मान गर्छ, भावनालाई कदर गर्छ त्यो पुरुष महिलाको प्रिय भई नै हाल्छ ।

महिलाको जीवनमा मात्र नभएर उनले गीतामा कर्मको महत्त्वपूर्ण पाठ दिएका छन् । तुलसीको दृष्टिमा कृष्णले बाल्यकालदेखि अन्तिमसम्म मनोरञ्जन दिन भूमिका खेलेका छन् । उनको सौन्दर्य, राजनीतिक कुशलता, प्रेम हरेक पक्ष आकर्षक छन् । तुलसी भन्छन्, 'प्रेमको आइकनको रूपमा अहिलेसम्म स्थापित छन्, यसलाई स्वाभाविक रूपमा विकसित हुने वातावरण दिनुपर्छ ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.