'कांग्रेसबाट क-कसलार्इ मन्त्री बनाउने भन्नेबारे छलफल भएको छैन'

'कांग्रेसबाट क-कसलार्इ मन्त्री बनाउने भन्नेबारे छलफल भएको छैन'

चितवन: नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा मन्त्री पठाउने विषयमा पार्टी सभापतिसँग छलफल भइनसकेको बताएका छन्।

नेपाल प्रेस युनियन चितवनले शनिवार बिहान गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले मन्त्री पठाउने विषयमा सभापतिले आफूसँग छलफल नगरेको बताए। उनले भने,'मन्त्री पठाउने विषयमा अहिलेसम्म कुनै छलफल भएको छैन।'

पुष्पकमल दाहालको नेतृत्वमा सरकारमा जाने विषयमा पार्टीको निर्णय भएको भए पनि त्यसयता पार्टीबाट क–कसलाई मन्त्री बनाउने भन्ने विषयमा कुनै पनि छलफल नभएको उनले स्पष्ट पारे।

मन्त्री पठाउने विषयमा पार्टी सभापति शेरबहादुर देउवालाई सहयोग गर्न आफू तयार रहेको भन्दै उनले भने,'म सहयोग गर्न तयार छु, सहयोग लिनेले सहयोग लिनु पर्यो नि।'

फरक प्रसङ्गमा उनले व्यवस्थाको टुङ्गो लाग्न नसक्दा नेपालपछि परेको बताउँदै चीन र रुसको उदाहरण हेरेर देशको विकास गर्नुपर्ने बताए। 'हाम्रो पद्दति नै अस्थायी छ, जसले गर्दा ७० वर्षदेखि हामी पछाडि परेका छौं, पौडेलले भने।

नेपाल विद्यार्थी सङ्घको अधिवेशनका सन्दर्भमा सोधिएको प्रश्नमा उनले सभापति र महामन्त्री बाहेकका धेरै पदहरुमा आफ्ना समूहको उम्मेदवारले विजय हासिल गरेको बताए। वरिष्ठ नेता पौडेलले नेपाली काँग्रेसका जिल्ला सभापतिको भोलिदेखि काठमाडौँमा हुने भेलाले स्थानीय निकायको पुनःसंरचनाको खाका तयार गर्न सुझाव दिने र पार्टीले सोही सुझावका आधारमा धारणा तयार गर्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.