रोज राणामाथि खुकुरी प्रहार गर्नेलाई कारबाही गर्न कांग्रेसको माग
काठमाडौंः नेपाली कांग्रेसले प्यूठान क्षेत्र नम्बर २ का सभापति सरोज थापा (रोज राणा) माथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ।
कांग्रेस मूख्य सचिव कृष्णप्रसाद पौडेलले शनिवार विज्ञप्ति जारी गरी फिल्म निर्मातासमेत रहेका राणामाथि खुकुरी प्रहार गर्नेमाथि कारबाही गर्न माग गरेका हुन्।
राणामाथि गत सोमबार साँझ काठमाडौंको वानेश्वरस्थित सेन्ट्रल क्याफे अगाडि अज्ञात समूहले खुकुरी प्रहार गरेका थिए। घाइते राणाको अहिले काठमाडौँको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।
‘खुकरी प्रहार गर्ने उक्त समूहको यथाशीघ्र खोजी गरी कडा भन्दा कडा कारबाहीका लागि कांग्रेस माग गर्दछ,’विज्ञप्तिमा भनिएको छ। कांग्रेसले क्षेत्रीय सभापति राणाको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ।
प्रतिक्रिया दिनुहोस !