उपेन्द्र यादव भन्छन्,‘संविधान संशोधन नभए खारेज हुन्छ’
चन्द्रपुरः संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले संविधान संशोधन नभए खारेज हुने बताएका छन्।
रौतहटको चन्द्रनिगाहपुरमा शनिवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले संविधानलाई सर्वस्वीकार्य बनाउनका लागि संशोधन बाहेक अर्को विकल्प नभएको समेत बताए।
यादवले भने नेकपा एमालेसहित सबै दलहरुसँगको सहमति र सहकार्यबाट मात्रै संविधान संशोधन हुन सक्ने बताए। आम नेपालीको हक र अधिकारको लागि संविधान संसोधन गर्ने अबसर समेत रहेको यादवको भनाइ छ।
यादवले संघीय गठबन्धनका तीन बुँदे मागमध्ये संविधान संसोधन मुख्य माग भएकाले यस विषयमा सरकार र ठूला पार्टी गम्भीर हुनु पर्ने बताए।