'संक्रमितको पहिचानसहित सम्मानित जीवन'

'संक्रमितको पहिचानसहित सम्मानित जीवन'

काठमाडौं: कीर्तिपुरस्थित बेबी लाइफ होममा एचआईभी संक्रमित बालबालिकालाई आ श्रय दिइरहेका उमा गुरुङ र राजकुमार पुनले ती बालबालिकालाई संक्रमितको पहिचानसहित सम्मानपूर्ण जीवन बाँच्ने अवसर दिलाउन प्रयत्नशील रहेको बताएका छन् ।

बालअधिकार नियमअनुसार १८ वर्षभन्दा मुनिका संक्रमित बालबालिकाको पहिचान खुलाउन नमिल्ने भए पनि उनीहरूलाई समाजमा समान दर्जा र अधिकार दिन आफ्नो संस्थाले सुरुदेखि नै पहिचान नलुकाएको जानकारी उमा र राजकुमारले दिए । टेलिभिजन र पत्रपत्रिकातिर उनीहरूको वास्तविक नाम लुकाउने गरिएको उल्लेख गर्दै उमा र राजकुमारले यी बालबालिका निर्दोष रहेको र यिनीहरूको परिचय लुकाउनुपर्ने कुनै कारण नरहेको बताए ।

'उनीहरूलाई बाआमाबाट एचआईभी सरेको हो । यसमा उनीहरूको के दोष ? ' उमा र राजकुमारले भने, 'उनीहरूलाई हामीले दुरुपयोग गरेको भए पहिचान खुलाउन मिल्दैन भन्ने प्रश्न उठ्थ्यो तर हामीले उनीहरूलाई समाजमा स्थापित गराउन खोजेका छौं । कुनै नराम्रो काम गरिरहेका छैनौं ।'

अन्नपूर्ण पोस्ट्को प्रथम पृष्ठमा शनिबार 'भविष्य खोज्दैछन् संक्रमित बालबालिका' शीर्षकमा छापिएको तस्बिरप्रति इंगित गर्दै उनीहरूले भने, 'बालबालिकाको जुन भोगाइ छ त्यसको पहिचान आवश्यक छ । बरु उनीहरूलाई विद्यालयले भर्ना लिन नमान्दा, डाक्टरले उपचार गर्न नमान्दा, समाजमा घृणा र अपहेलना गर्दा हामीले आवाज उठाउनुपर्छ ।'

राम्रो कुराको पहिचान खुलाउनुपर्छ भन्ने उद्देश्य रहेको उल्लेख गर्दै उनीहरूले बेबी लाइफ होममा आ श्रय लिइरहेका बालबालिकाले टेलिभिजन र पत्रपत्रिकामा अनुहार छोपेको मन नपराएको बताए । 'उनीहरू पहिचान खोजिरहेका छन् । हामीले उनीहरूका काका, काकी, मामा, हजुरआमालगायतको अनुमति लिएका छौं ।

पहिचान नखुलाउन सिकाउनेलाई बरु समाजमा भेदभाव नगर, सचेत बनाऊ भन्न चाहन्छौं', उनीहरूले भने । आफ्नो संस्थामा आ श्रय लिइरहेका बालबालिकालाई समाजमा स्थापित गराउन पहिचानसहितको एचआईभी सफलता स्कुल सञ्चालनमा ल्याएको उल्लेख गर्दै उमा र राजकुमारले राजधानीका अन्य विद्यालयले भर्ना लिन नमानेपछि यो विद्यालय खोल्न बाध्य भएको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.