मोटरसाइकलका कारण हुन्छन ४० प्रतिशत दुर्घटना

मोटरसाइकलका कारण हुन्छन ४० प्रतिशत दुर्घटना

काठमाडौं: उपत्यकामा हुने सवारी दुर्घटनाको मुख्य कारक मोटरसाइकल रहेको पाइएको छ । उपत्यकामा एक वर्षभित्र भएका पाँच हजार एक सय ६६ मध्ये दुई हजार ६६ वटा दुर्घटनाको कारक मोटरसाइकल रहेको तथ्य ट्राफिक प्रहरीले एक अध्ययनले देखाएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा हुँदै आएको दुर्घटनामा संलग्न सवारीसाधनको प्रकारबारे अभिलेख भिडाउँदा मोटरसाइकल चालकको बढी लापरबाही भेटिएको पाइएको छ । अध्ययनअनुसार मोटरसाइकल चालकले खाली ठाउँ देख्नै नहुने, विपरीत दिशाबाट ओभरटेक गर्ने, सडकको लेन नमान्ने, जेब्राक्रसिङमा झन् बढी तीव्र गतिमा हाँक्नेजस्ता लापरबाही गर्दै आएको पाइएको छ ।

बसको कारणले १२ प्रतिशत, कारको कारणले २७ प्रतिशत, ट्यांकर र ट्रकको कारणले १२ प्रतिशत, ट्याक्टरको कारणले चार प्रतिशत, साइकल र रिक्साको कारणले पाँच प्रतिशत र टेम्पाको कारणले एक प्रतिशत दुर्घटना हुने गरेको महाशाखाले जनाएको छ ।

महाशाखाले २०७२ देखि यस वर्षको असारसम्म उपत्यकामा भएका दुर्घटना संख्यालाई आधार मानेर अध्ययन गरेको थियो ।बाग्मती अञ्चलमा झन्डै नौ लाख सवारीसाधन दर्ता छन् । यसमा सात लाख ७० हजार बढी मोटरसाइकल छन् ।

तीमध्ये अधिकांश मोटरसाइकल उपत्यकाभित्रै गुड्छन् । सहरका मुख्य चोकचोकमा बढी जामको कारक पनि मोटरसाइकल नै रहेको अध्ययनले देखाएको छ । सडकको विकल्प नहुँदा भाडाका, निजी, सानाठूला सवारीसाधन एउटै सडक लेनमा गुड्नुपर्ने बाध्यता उपत्यकामा छ । त्यसमा पनि मोटरसाइकलको संख्या अत्यधिक बढेपछि यसलाई रोक्नुपर्ने विकल्पसमेत उठेको छ ।

गत वर्ष पाँच हजार एक सय ६६ वटा दुर्घटनामा परी एक सय ६६ जनाको मृत्यु भएको छ । अधिकांश मोटरसाइकल दुर्घटनाबाटै मृत्यु भएको महाशाखाले जनाएको छ । 'सडकमा अन्य सवारीसाधनभन्दा मोटरसाइकल चालक बढी हतारमा देखियो । सानो ठाउँ पायो कि बाटो पहिल्याइहाल्ने, विपरीत दिशाबाट ओभरटेक गर्ने, जिक ज्याक चलाउने स्ता समस्या मोटरकसाइकल चालकमा छन् । दुर्घटना पनि यस्तै लापरबाहीले निम्त्याउँदै आएको हाम्रो अध्ययनले देखाएको छ', महाशाखा प्रमुख डीआईजी प्रकाश अर्यालले भने ।

जथाभाबी रोकेर यात्रु राख्ने र झार्ने समस्या माइक्रोचालकमा देखिएको अध्ययनबाट देखिएको छ । सहचालकले गुडिरहेका बेलामा पनि ढोका खोलेरै यात्रु बोलाउने र गुड्दागुड्दै यात्रु झार्दै आएका छन् । ट्याक्सी जथाभाबी पार्किङ गर्ने र यात्रु खोज्न ट्याक्सी चालकले जिकज्याक गरी हाँक्दै आएका छन् ।

महाशाखाको अध्ययनले उपत्यकामा २२ स्थान दुर्घटनाको अत्यन्तै जोखिम ठाउँ पहिल्याएको छ । कलंकी, कालीमाटी, बबरमहल, मीनभवन, एयरपोर्ट, बौद्ध, माइतीघर, सातदोबाटो, ग्वार्को, थानकोट, सीतापाइला, गोंगबु, महाराजगन्ज, सुकेधारा, चाबहिल, जाउलाखेल, सिंहदरबार, बूढानीलकण्ठ, गौशाला, सानेपा, सल्लाघारी, भक्तपुर, गठ्ठाघरलाई महाशाखाकाले 'ल्याक स्पट' का रूपमा ठम्याएको छ । यी स्थानमा बढ्दो सवारी चाप र चालकको लापरबाहीले दुर्घटना बढी हुँदै आएको पाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.