पूर्वप्रधानमन्त्री ओली अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको सदस्य

पूर्वप्रधानमन्त्री ओली अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको सदस्य

काठमाडौँ: व्यवस्थापिका संसदको आइतबारको बैठकले विभिन्न समितिमा रहने सांसदको नाम थप गर्ने प्रस्ताव अनुमोदन गरेको छ । संसदले अनुमोदन गरेको प्रस्ताव अनुसार पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समिति रोजेका छन् । अन्तराष्ट्रिय समितिमा ओली सँगै भीमबहादुर रावलको नाम समेत अनुमोदन भएको छ ।

 त्यस्तै, आइतबारको बैठकले विभिन्न समितिमा रहने सांसद सदस्यको नाम थप गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । अर्थ समितिमा दामोर भण्डारी, नरदेवी पुन, दीपनारायण साहको नाम थपिएको छ भने विधान समितिमा कुन्तीकुमारी शाहीको नाम थपिएको छ ।

सँगै, शान्ता मानवीको विकास समिति, सत्यनारायण मण्डल वातावरण समिति, विष्णुप्रसाद पौडल लेखा समिति र रामकुमार सुब्बा राज्य व्यवस्था समितिमा बसेका छन् । सभामुखले राखेको प्रस्ताव संसद बैठकले अनुमोदन गरेको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.