'द्विपक्षीय भ्रमणपछि नेपाल-भारत सम्बन्ध थप उचाइमा'

'द्विपक्षीय भ्रमणपछि नेपाल-भारत सम्बन्ध थप उचाइमा'

काठमाडौंः भारतका विभिन्न राजनीतिक दलका नेताहरुले नेपालमा संविधान कार्यान्वयन भएर आर्थिक समृद्धि भएको हेर्न आफूहरु इच्छुक रहेको बताएका छन्।

नयाँ दिल्लीमा पत्रकारहरुसँग कुराकानी गर्दै उनीहरुले विभिन्न आन्दोलनबाट प्राप्त भएका संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता जस्ता एजेण्डाहरुलाई संस्थागत गर्नपनि संविधान कार्यान्वयन अनिवार्य भएकाले नेपालका सबै राजनीतिक दलहरुले यसतर्फ सोच्नुपर्ने बताएका हुन्।

भारतीय जनता पार्टीका प्रभावशाली नेता एवम् नेपाल मामिलाका जानकार भगतसिंह कोशियारीले संविधान संशोधनमार्फत असन्तुष्ट पक्षहरुको मुद्दा सम्बोधन गरेर मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउने गरी प्रचण्ड नेतृत्वको सरकारले काम गर्नुपर्ने सुझाव दिए।

कोशियारीले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणपछि द्विपक्षीय सम्बन्ध अझै समुधुर र प्रगाढ बन्ने विश्वास समेत व्यक्त गरे। उनले भने,‘अब हुने भनिएको द्विपक्षीय उच्चस्तरीय भ्रमणले नेपाल–भारत सम्बन्ध अझ मजबुत बनाउँछ, त्यसमा कुनै शंका नै छैन्।’

भारत नेपालमा जहिलेपनि शान्ति, सुव्यवस्था, स्थिरता र आर्थिक समृद्धि चाहाने उल्लेख गर्दै उनले भने,‘नेपाल अब आर्थिक समृद्धिको बाटोमा अघि बढोस्, भारताके यसमा पूर्ण साथ र सहयोग रहनेछ ।’  कोशीयारीले प्रचण्डको भारत भ्रमणको बेलामा दुई देशवीच भएका विभिन्न सन्धि–सम्झौताहरु आपसी समझदारी र छलफलको माध्यमबाट पूनरावलोकन गरिने समेत जनाए ।

त्यस्तै कंग्रेस आईका बरिष्ठ नेता डा. करण सिंहले संविधान संशोधन गर्ने कुरामा आफूले चुनौति देखेको स्पष्ट पारे। सिंहले भने,‘संविधान संशोधन कसरी गर्ने भन्ने विषयमा मैले चुनौति देखेको छु, एमालेलाई सहमतिमा लिएर संविधान संशोधन गर्ने वा सरकारले दुई तिहाई पुर्याउने?’

उनले संविधान कार्यान्वयनको लागि पनि समयमै निर्वाचन सम्पन्न हुनुपर्ने बताए। सिंहले नेपालमा देखिएको संघीयतासम्बन्धी सिमांकनको विवाद समाधान भएर मोर्चा सरकारमा सहभागी भए संविधान कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको बताए।

जनता दल युनाइटेडका अध्यक्ष शरद यादवले नेपाल–भारत सम्बन्ध नयाँ शिरामा पुगेको विश्वास व्यक्त गरे। यादवले भने,‘द्विपक्षीय सम्बन्ध सुधार भएको छ, अब यसलाई नयाँ गति दिनुपर्छ।’

भारतीय राष्ट्रवादी काँग्रेसका महासचिव डिपी त्रिपाठीले नेपाल–भारत सम्बन्ध सुमधुर बनेको भन्दै नेपालका प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई सफल बनाउन आफुहरु लागिपर्ने बताए। त्रिपाठीले प्रचण्डलाई दिर्घकालिन हित हुनेगरि काम गर्न समेत सुझाव दिए।

भारतीय कम्युष्टि पार्टी माक्र्सवादीका महासचिव सिताराम यचुरीले प्रधानमन्त्री प्रचण्डले सबै दललाई मिलाएर लैजान सक्नेमा आफू पूर्ण विश्वस्त रहेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.