झन्डै ४० हजार सरकारी कर्मचारीले बुझाएनन् सम्पति विवरण 

झन्डै ४० हजार सरकारी कर्मचारीले बुझाएनन् सम्पति विवरण 

काठमाडाैं: चालु आर्थिक वर्षमा ४४ हजार ३७१ निजामती कर्मचारीले मात्रै सम्पत्ति विवरण बुझाएका छन्।

कर्मचारीले निजामती किताबखानामा सम्पत्ति विवरण बुझाएका हुन्। किताबखानाका निर्देशक राजेन्द्रप्रसाद पराजुलीले करिब ८२ हजार ५०० कर्मचारीमध्ये अहिलेसम्म ४४ हजार ३७१ कर्मचारीले सम्पत्ति विवरण बुझाएको बताए। किताबखानाले साउनदेखि भदौ २८ गतेसम्म कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ। बिहान ९ देखि साँझ ६ बजेसम्म किताबखानामा सम्पत्ति विवरण बुझाउने समय तोकिएको छ।

उनले अन्तिम समयसम्म ८० हजार कर्मचारीले विवरण बुझाउनसक्ने बताए। 'दैनिक एक हजार ५०० का दरले सम्पत्ति विवरण बुझाएका छन्',उनले भने , 'यो आर्थिक वर्षमा ८० हजारले बुझाउन सक्ने लक्ष्य हामीले लिएका छौं।'

भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ अनुसार हरेक वर्ष निजामती कर्मचारीले किताबखानामा सम्पत्ति विवरण बुझाउनु पर्दछ। निर्देशक पराजुलीका अनुसार गत वर्ष छ हजार ५५० कर्मचारीले सम्पत्ति विवरण बुझाएका थिएनन्। सम्पत्ति विवरण नबुझाउने कर्मचारीले पाँच हजार जरिवाना तिर्नुपर्ने हुन्छ।

गत वर्ष करिब ४०० कर्मचारीको सम्पत्ति विवरण अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीले माग गरेको निर्देशक पराजुलीले जानकारी दिए।रासस 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.