जनताको विपक्षमा आउने प्रस्ताव स्वीकार्य हुँदैनः एमाले

जनताको विपक्षमा आउने प्रस्ताव स्वीकार्य हुँदैनः एमाले

काठमाडौँ: संविधान शंसोधनप्रति एमाले सकारात्मक भएको छ ।  जारी स्थायी समितिको आइतबारको बैठकले संविधान शंसोधन प्रति सकारात्मक हुने निर्णय गरेको हो । ‘हाम्रो पार्टी सैद्धान्तिक रुपमा संविधानको शंसोधनप्रति सकारात्मक दृष्टिकोण राख्छ तर राष्ट्र र जनताको विपक्षमा आउने कुनै पनि प्रस्तावलाई अस्वीकार नगर्ने कुरा बैठकले स्पष्ट गरेको छ ’ प्रचार विभाग प्रमुख एवम् सचिव योगेश भट्टराईले भने ।

बैठकले नयाँ सत्ता समीकरणका नेतृत्वकर्ता दलका गतिविधि र नियतले मुलुकमा राजनीतिक र संवैधानिक रिक्तता उत्पन्न हुने खतरा पैदा भइरहेको प्रति सचेत हुँदै संविधानको कार्यान्वयन गर्दै लोकतान्त्रिक प्रक्रियालाई अगाडि बढाउनु अहिलेको आवश्यकता भएको ठहर एमालेको छ ।

उसले पूर्वसरकारले प्रस्तुत गरेको मिति र समयमा तहगत निर्वाचन सम्पन्न गर्न र यसका निम्ति आवश्यक कानुनी, प्रशासनिक तथा भौतिक तयारीमा जुट्न वर्तमान सरकारको गम्भीर ध्यानाकर्षण गर्ने निर्णय गरेको छ । बैठकले आफ्नो पार्टीका अध्यक्षको नेतृत्वमा रहेको सरकारले अघि सारेका नीति, कार्यक्रम र बजेटको निरन्तरता र कार्यान्वयनका लागि वर्तमान सरकारको ध्यानाकर्षण गर्दै सरकारका तर्फबाट हुने कुनै पनि अनुचित क्रियाकलाप तथा सत्ताको दुरुपयोगप्रति कडा निगरानी गर्ने निर्णय गरेको छ । साथै, यिनै विषय वस्तुहरुलाई अघि सार्दै देशव्यापी पार्टी परिचालनको कार्ययोजना अघि सार्ने निर्णय समेत गरेको छ ।

बैठकले मुलुकको वर्तमान विषम परिस्थितिलाई ख्याल गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव, संविधानको कार्यान्वयन, लगायतका विषयमा एकताबद्ध पहलकदमीका निम्ति सबै राजनीतिक दल र सम्बद्ध सबैमा बैठकले आह्वान गरेको छ ।

बैठकले पार्टीको आन्तरिक एकतालाई मजबुच पार्न विभिन्न निर्णय गरेको छ । पार्टीका संस्थागत निर्णयलाई कार्यान्वयन गर्दै वैचारिक र राजनीतिक कामलाई प्राथमिकता दिने निर्णय गरेको छ । बैठकले विधि, नीति र पद्धतिलाई अनुशरण गर्दै योग्यता, क्षमता र योगदानका आधारमा कामको जिम्मेवारी दिने, पार्टीका सिद्धान्त, नीति, कार्यक्रम र निर्णयहरुको तदरुकताका साथ कार्यान्वयन गर्ने समेत निर्णय गरेको छ ।

एमालेले  पार्टीको प्रतिष्ठा र लोकप्रियतामा आँच पुग्ने किसिमका कुनै पनि गतिविधिहरु नगर्ने, बहस र छलफल गर्नुपर्ने विषयमा सम्बन्धित कमिटी र संगठनका बैठकमा पार्टी विधान र नियमअनुरुप यथोचित रुपमा छलफल गर्ने समेत निर्णय गरेको छ । कुनै पनि नेता, कार्यकर्ता र सदस्यलाई कुनै पनि प्रकारको पूर्वाग्रह वा पक्षधरताको आधारमा नभई योगदान, क्षमता, सक्रियता र इमान्दारिताको आधारमा जिम्मेवारी दिने प्रणाली गर्ने निर्णय समेत गरेको भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा बोल्दै अध्यक्ष ओलीले गत बैशाखमा नै आफु नेतृत्वको सरकार ढाल्ने षडयन्त्र भएको भएपनि पार्टीमा सर्बै नेता एकता बद्ध पारेर बिफल भएको उल्लेख गरे । ओलीले यहि समिकरणलाई  आफूले कायम राख्न प्रयत्न गरेको र माओवादी केन्द्रसँग त्यसको खाका माग गरेकोमा त्यो नदिएको बताए । उनले विभिन्न षड्यन्त्रपूर्ण तरिकाले समिकरण भत्काएको जानकारी बैठकमा गराएको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.