संविधान संशोधनमा एमाले सकारात्मक

संविधान संशोधनमा एमाले सकारात्मक

काठमाडौंः नेपालकाे संविधान संशोधनप्रति एमाले सकारात्मक भएको छ । पार्टीको आइतबार जारी स्थायी समिति बैठकले संविधान संशोधनप्रति सकारात्मक हुने निर्णय गरेको हो ।

‘हाम्रो पार्टी सैद्धान्तिक रूपमा संविधान संशोधनप्रति सकारात्मक दृष्टिकोण राख्छ । तर राष्ट्र र जनताका विपक्षमा आउने कुनै पनि प्रस्ताव अस्वीकार गर्ने कुरा बैठकले स्पष्ट गरेको छ’, प्रचार विभाग प्रमुख एवं सचिव योगेश भट्टराईले भने ।

बैठकले नयाँ सत्ता समीकरणका नेतृत्वकर्ता दलहरूको गतिविधि र नियतले मुलुकमा राजनीतिक र संवैधानिक रिक्तता उत्पन्न हुने खतरा पैदा भइरहेकोप्रति सचेत हुने निर्णय गरेको छ ।

यस्तै संविधान कार्यान्वयन गर्दै लोकतान्त्रिक प्रक्रिया अगाडि बढाउन अघिल्लो सरकारले प्रस्तुत गरेको मिति र समयमा तहगत निर्वाचन सम्पन्न गर्न र यसका निम्ति आवश्यक कानुनी, प्रशासनिक तथा भौतिक तयारीमा जुट्न वर्तमान सरकारको ध्यानाकर्षण गराएको छ । बैठकले एमाले नेतृत्वको सरकारले अघि सारेका नीति, कार्यक्रम र बजेटको निरन्तरता कार्यान्वयनका लागि वर्तमान सरकारसँग आग्रह गरेको छ । यस्तै सरकारका तर्फबाट हुने कुनै पनि अनुचित क्रियाकलाप तथा सत्ता दुरुपयोगप्रति कडा निगरानी गर्ने निर्णय पनि एमालले गरेको छ ।

सरकारका तर्फबाट हुने कुनै पनि अनुचित क्रियाकलाप तथा सत्ता दुरुपयोगप्रति कडा निगरानी गर्ने निर्णय पनि एमालेले गरेको छ । 

बैठकले मुलुकको वर्तमान विषम परिस्थितिलाई ख्याल गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव, संविधान कार्यान्वयनलगायतका विषयमा एकताबद्ध पहलकदमीका निम्ति सबै दल र सम्बद्ध सबैमा आह्वान गरेको छ ।

यस्तै पार्टीको आन्तरिक एकतालाई मजबुत पार्न बैठकले विभिन्न निर्णय गरेको छ । विधि, नीति र पद्धतिलाई अनुसरण गर्दै योग्यता, क्षमता र योगदानका आधारमा कामको जिम्मेवारी दिने, पार्टीका सिद्धान्त, नीति, कार्यक्रम र निर्णय तदरुकताका साथ कार्यान्वयन गर्ने र यसको सार्वजनिक रुपमा प्रतिरक्षा गर्ने एवं पार्टीको प्रतिष्ठामा आँच पुग्ने किसिमका कुनै पनि गतिविधि नगर्ने, बहस र छलफल गर्नुपर्ने विषयमा सम्बन्धित कमिटी र संगठनका बैठकमा पार्टी विधान र नियमअनुरूप छलफल गर्ने निर्णय एमालेले गरेको हो ।

यस्तै बैठकले कुनै पनि नेता, कार्यकर्ता र सदस्यलाई पूर्वाग्रह वा पक्षधरताका आधारमा नभई योगदान, क्षमता, सक्रियता र इमानदारीका आधारमा जिम्मेवारी दिने प्रणाली स्थापित गर्ने निर्णय गरेको छ । कुनै पनि स्तरका कमिटी तथा जनसंगठनका निर्वाचन प्यानलका आधारमा नगर्ने र उम्मेदवारको योग्यता, क्षमता, योगदान, लोकप्रियता र इमानदारीका आधारमा निर्वाचित हुन सक्ने वातावरण सिर्जना गर्ने निर्णय पनि एमालेको छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार गत वैशाखमै ढाल्ने षड्यन्त्र भए पनि पार्टी एक भएर विफल भएको बताएका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.