भारतीय पूर्व प्रधानमन्त्री सिंह र गृहमन्त्री निधिबीच भेटवार्ता

भारतीय पूर्व प्रधानमन्त्री सिंह र गृहमन्त्री निधिबीच भेटवार्ता

काठमाडौंः भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंह र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिबीच भेटवार्ता भएको छ। पूर्वप्रधानमन्त्री सिंहलाई भेट्न गृहमन्त्री निधि उनकै निवास पुगेका थिए।

सोमबार बिहान भएको भेटवार्तामा पूर्वप्रधानमन्त्री सिंहसँग नेपालको पछिल्लो राजनीतिक घटनाक्रम, दुई देशबीचको सम्बन्ध लगायतका विषयमा कुराकानी भएको बताइएको छ।

भारतका पूर्व प्रधानमन्त्री सिंहसँगै उपप्रधानमन्त्री निधिले सोमबारै भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दूतका रुपमा बिहीबार भारत भ्रमणमा गएका हुन्।

भारत भ्रमणमा रहेका गृहमन्त्री निधिले यसअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेश मन्त्री सुष्मा स्वराज, भारतीय विपक्षी दल कँग्रेस (आई)का उपाध्यक्ष राहुल गान्धी लगायतसँग उच्चस्तरीय भेटवार्ता गरिसकेका छन्।

गृहमन्त्री निधि सोमबारै स्वदेश फर्कने कार्यक्रम रहेपनि उच्चस्तरीय केही भेटघाट बाँकी रहेकाले मंगलबारमात्रै फर्किने छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.