उपराष्ट्रपति पुन र उत्तर कोरियाली राजदूत योङबीच भेटवार्ता

उपराष्ट्रपति पुन र उत्तर कोरियाली राजदूत योङबीच भेटवार्ता

काठमाडौंः उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ र नेपालका लागि उत्तर कोरियाली राजदूत किम योङ हकबीच शिष्टाचार भेटवार्ता भएको छ।

कान्तिपथ बहादुर भवनस्थित उपराष्ट्रपतिको कार्यालयमा सोमबार दिउँसो भएको भेटमा उपराष्ट्रपति पासाङले नेपाल–उत्तर कोरिया सम्बन्ध धेरै घनिष्ट रहेको बताएका थिए।

पुनले दुई देशबीचको सद्भाव र सहकार्यको सम्बन्ध रहेको बताउँदै सम्बन्धलाई अझै बलियो बनाउनुपर्नेमा जोड दिएको उनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए।

उत्तर कोरियाको दक्षिण प्योङगान र नेपालको भक्तपुरबीच भगेनी सम्बन्ध रहेको स्मरण गर्दै उपराष्ट्रपतिले सम्बन्ध सुधारमा जोड दिएका थिए। उनले उत्तर कोरियाका राष्ट्रपति किम जोन उन त्यहाँको वर्कस पार्टीको सर्वोच्च पद अध्यक्षमा निर्वाचित भएकोमा राजदूत हकमार्फत बधाई दिएका थिए।

उपराष्ट्रपति पुनसँगको भेटमा राजदूत हकले नेपाल उत्तर कोरियाको असल मित्र राष्ट्र भएको बताए। किम उत्तर कोरियाको राष्ट्रपति र वर्कस पार्टीको अध्यक्षमा निर्वाचित भएपछि नेपालका राष्ट्रपतिले बधाइ दिएको र बधाइ दिएकोमा किमले धन्यवाद पत्र पठाएको स्मरण गराउँदै राजदूत हकले दुई देशबीचको घनिष्ट सम्बन्ध रहेको बताएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.