टर्की बम हमलाको राष्ट्रसंघद्वारा निन्दा

टर्की बम हमलाको राष्ट्रसंघद्वारा निन्दा

घाजियान्टेप: टर्कीको एक सहर घाजियान्टेपमा शनिबार अबेर राति एक विवाह समारोहमा हमला गरी कम्तीमा पनि ५१ जनाको हत्या गर्ने कार्यको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको सोमबार बसेको बैठकले सो आक्रमणलाई मानवीयता विरुद्धको अपराधको संज्ञादिँदै यसमा संलग्न हुनेलाई कडा कारबाहीको माग गरेको छ।

पन्ध्र सदस्यीय सो परिषदद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ–यस्ता हिंसात्मक क्रियाकलापहरुको कुनै पनि शब्दमा विरोध गरेर पुग्दैन र यस्ता आतङ्कवादी हमलाहरु अन्तर्राष्ट्रिय शान्ति र सरक्षाका लागि पनि चुनौती हुन्। उक्त परिषदले सो आक्रमणमा परी ज्यान जाने व्यक्तिहरुप्रति हार्दिक श्रद्धान्जलि पनि अर्पण गरेको छ । साथै शोकमा रहेका परिवारमा सो परिषदले समवेदना प्रकट गरेको छ।

यो बम आक्रमण इस्लामिक स्टेट्स आइएस समूहले गराएको टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दाेगानले दावी गरेका छन्। घाजियान्टेपका गभर्नर अलि येर्लिकायाद्वारा प्रकाशित एक विज्ञप्तिमा विवाह समारोह लक्षित यस बिभत्स आतङ्ककारी आक्रमणमा परी ५१ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौँ घाइते भएका छन्।

समाचारदाताहरुका अनुसार सो विवाह समारोहको वरिपरिको बसोबास कुर्दिस समूहका नागरिकको बाहुल्यता रहेको हुनाले आक्रमण कुर्दिस समूहलक्षित रहेको बताइएको छ। यस वर्ष टर्की आइएस र कुर्दिस आतङ्ककारी समूहले गराएको शृङ्खलावद्ध आक्रमणको शिकार भएको छ। टर्कीमा यस्तो खालको हमला पटक पटक हुने गरेको छ।

गत जुन महिनामा इस्तानबुलस्थित एक विमानस्थलमा भएको आतङ्ककारी आक्रमणमा परी ४० जना भन्दाबढी व्यक्तिको मृत्यु भएको थियो। त्यसको दुई महिना यता नै यो अर्काे शक्तिशाली हमला भएको छ। यसमा एकजना १२ देखि १४ वर्षभित्रको बालकले आत्मघाती बम विस्फोट गराएको पाइएको छ।

उसलाई आइएसले लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ। तर यस विषयमा आइएसको भने कुनै पनि प्रतिक्रिया आएको छैन। रासस/एएफपी


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.