काबुलको अमेरिकन विश्वविद्यालयमा बम विस्फोट, १३ को मृत्यु
काबुलः अफगानिस्तानको काबुलमा रहेको अमेरिकन विश्वविद्यालयमा भएको बम विस्फोटमा परी १३ जनाको मृत्यु भएको छ।
आक्रमणमा मारिनेमा सात जना विद्यार्थी रहेका छन्। विस्फोटमा परी ३५ विद्यार्थी र ९ प्रहरी घाइते भएका छन्।
घटनाको दश घन्टापछि विश्वविद्यालयमा बम विस्फोट गराउने दुईजना आक्रमणकारी सुरक्षाकर्मीको कारबाहीमा मारिएको विविसीले जनाएको छ। घटनामा तीन प्रहरी र तीनजना सुरक्षा गार्डसहित ७ जना विद्यार्थीको मृत्यु भएको काबुल प्रहरीका प्रमुख अब्दुल रहमान रहीमीले जानकारी दिएका छन्।

विश्वविद्यालयभित्रै थुनिएका विद्यार्थी र कर्मचारीलाई भने प्रहरीले उद्धार गरेको छ। आक्रमणकारीको नियन्त्रणमा रहेका ७ सय ५० भन्दा बढी विद्यार्थी र कर्मचारीको उद्धार गरिएको रहीमीले जानकारी दिए। घटनाको जिम्मेवारी भने अहिलेसम्म कुनै पनि समूहले लिएको छैन।

प्रतिक्रिया दिनुहोस !